पोखरा । लक्ष्मी ग्रुपसम्बद्ध सुजल डेरीले सफल ब्रान्डको घ्यूको ‘मीठो स्वाद जिन्दगीको’ नामक अभियानलाई निरन्तरता दिएको जनाएको छ । कम्पनीले आइतबार विज्ञप्ति निकालेर हरेक परिवारलाई घ्यूको मिठासयुक्त स्वादिलो परिकार मार्फत् जोड्ने उद्देश्यले ‘मीठो स्वाद जिन्दगीको’ अभियानलाई निरन्तरता दिएको जनाएको हो ।
कम्पनीले यो अभियानमार्फत् व्यस्त जीवनशैलीबीच घ्यूको मीठो स्वाद, पौष्टिकता र सुगन्धले सम्पूर्ण परिवारलाई एक ठाउँमा ल्याउने विश्वास राखेको जनाएको छ । सन्तुलित खाना सबैको आवश्यकता भए पनि परिवारका हरेक सदस्यको फरक चाहनाका कारण गृहिणीहरूका लागि आफ्नो परिवारलाई पोषण पुर्याउनु चुनौतीपूर्ण बनेको छ ।
कम्पनीले भनेको छ, ‘यस्तो अवस्थामा सफल घ्यूको स्वाद र सुगन्धले सबैजसो परिकारमा स्वाद बढाउने हुनाले परिवारका सम्पूर्ण सदस्यले सन्तुलित र पोषण युक्त परिकार मार्फत् जोडिँदै थप स्वस्थ र स्फूर्त जिन्दगी जिउन सक्नेछन् ।
सुजल डेरीको उत्कृष्ट उत्पादन सफल घ्यू पोखरा, काठमाडौं लगायत देशभरका सबै मुख्य सहरमा पाइन्छ । गाई तथा भैंसीको शुद्ध नौनी खारेर बनाइएको सफल घ्यू खाँदा मीठो हुनाका साथै स्वास्थ्यको लागि फाइदा जनक रहेको कारण परिवारको नियमित खानामा यसको प्रयोग राम्रो मानिने कम्पनीको दाबी छ ।
कम्पनीका अनुसार दानेदार, सुगन्धित तथा पूर्ण रूपमा शुद्ध र पौष्टिक विशेषताका कारण विभिन्न चाडपर्व तथा समारोहहरूमा ताजा र मनै लोभ्याउने परिकार बनाउनको लागि यो उत्कृष्ट छ ।
घ्यू आफैमा शक्तिदायक भएकोले चिल्लो पदार्थको सर्वाेत्तम विकल्प मानिन्छ । मात्र १ ग्राम घ्यूको सेवनले शरीरमा नौ क्यालोरी शक्ति र भिटामिन ए सँगै मानव शरीरलाई अत्यावश्यक फ्याटी एसिड पनि प्रशस्त मात्रामा पाइन्छ ।
घ्यूको प्रयोग गरेर तयार पारिएको परिकार पाचन योग्य र शरीरका लागि गुणकारी रहन्छ र यसको उचित सेवनले मस्तिष्क विकासमा पनि टेवा पुग्ने विश्वास गरिन्छ । साथै चिल्लो प्रति सजग रहने व्यक्तिहरूको लागि पनि घ्यूमा बनेको परिवार फाइदा जनक रहन्छ ।
कम्पनीका अनुसार आफ्ना विभिन्न उत्पादनहरू मार्फत निरन्तर सेवा दिँदै सुजल डेरीले आइएसओे २२०००ः२०१८ मापदण्ड प्राप्त गरेको छ ।
सम्बन्धित खबर
ग्लोबल आइएमई बैंकद्वारा बाढी प्रभावितको सहयोगार्थ ५ करोड रुपैयाँ सहयोग
स्याङ्जामा पूर्वाधार विकास कार्यालयको ५५ प्रतिशत बजेट खर्च
स्याङ्जाका कृषकलाई साढे दुई करोडभन्दा बढी अनुदान
स्याङ्जामा पुँजीगत बजेट खर्च ६८ प्रतिशतमा सीमित
स्याङ्जाको सुन्तलाबाट एक वर्षमै सवा अर्बभन्दा बढी आम्दानी
सवारी कारबाहीबाट एक करोड १५ लाख ३० हजार रुपैयाँ राजस्व
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
रवि लामिछानेको मुद्दा फिर्ता गर्न अनुमति दिने न्यायाधीश अवकासको चार दिनअघि बढुवा
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन