अरिङ्गालले चिलेर स्याङ्जाका एलिसकाे ज्यान गयाे

अरिङ्गालले चिलेर स्याङ्जाका एलिसकाे ज्यान गयाे

मामाघर बस्दै आएका एलिसकाे निधनले आफन्तजन स्तब्ध

Alish

स्याङ्जामा अरिङ्गालले चिलेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बिरूवा गाउँपालिका वडा नं. १ किचनास बस्ने २२ वर्षीय एलिस मानन्धर रहेका छन् । हरिनास गाउपालिका वडा नं ६ घर भएका उनी मामाघर बस्दै आएका थिए ।

मंगलबार साँझ ७ बजेतिर घर नजिकै जंगलमा अरिङ्गाल पोल्न गएका एलिसलाई करिब ६०/७० वटा अरिङ्गालले टोक्दा गम्भीर घाइते भएका थिए ।

उनलाई तत्कालै उपचारका लागि पोखरास्थित गण्डकी मेडिकल कलेजमा ल्याइएकोमा राति १ः३० बजे उनलाई चिकित्सकले मृत घोषणा गरेका थिए ।

अरिंगाल पोल्नका लागि एलिससँगै जंगल गएका अन्य पाँच जनालाई भने केही नभएको प्रहरीले जनाएको छ । एलिसकाे ज्यान गएकाे खबरले सबै आफन्तजन स्तब्ध भएका छन् । मामाघरमा मायाले हुर्किएका एलिसकाे निधनसँगै मावली परिवार शाेकमा छन् ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ