नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता एवम् पूर्वप्रधानमन्त्री झलनाथ खनालले सरकारको काम कारबाही ठिक नरहेको बताउँदै धेरै दिन टिक्न नसक्ने चेतावनी दिएका छन्।
जनकपुरधाम विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै पूर्वप्रधानमन्त्री खनालले पत्रकारहरूसँग भने ‘सरकार अब ढल्छ भनेको होइन तर यस्तै रवैया रहयो भन्ने टिक्दैन। म अहिले पनि भन्छु।’
समाजवादी मोर्चाका कारण कांग्रेस सशंकित हुनुपर्ने कारण नरहेको बताउँदै खनालले गठबन्धनलाई मोर्चाभन्दा पनि सरकारबाट जोखिम रहेको बताए। यसका साथै सम्पूर्ण वामपन्थी शक्तिहरु मोर्चामा आबद्ध हुनसक्ने बताउँदै खनालले साझा धारणा नबनेसम्म मोर्चाबद्ध हुन सम्भव नरहेको बताए । खनालले गौर हत्याकाण्डका सम्पूर्ण मुद्दा खारेज गरिनुपर्छ भन्ने विषयमा समाजवादी मोर्चामा कुनै छलफल हुन नसकेको पनि बताए।
संघीयताको प्रयोग सफल हुन नसके खारेज हुनसक्छ
नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता खनालले संघीयताको प्रयोग सफल हुन नसके देशबाट संघीयता खारेज हुनसक्ने बताए । उनले संघीयतामा धेरै विकृति र जनतालाई मन नपर्ने देखिएकाले त्यसको विषयमा समीक्षा गरी सुधार गर्न आवश्यक रहेको समेत बताए।
खनालले संघीयता प्रयोगकै चरणमा रहेकाले यसको सफल कार्यान्वयन नभए खारेजपनि हुन सक्ने आशंका व्यक्त गरेका हुन् । उनले संघीयताको भविष्यलाई लिएर अहिले नै कुनै निर्णयमा पुग्ने स्थिति नरहेको बताउँदै आम जनता र मुलुकका लागि कसरी फलदायी हुनसक्छ भन्नेतर्फ ध्यान केन्द्रित गर्नुपर्नेमा जोड दिए ।
पूर्वप्रधानमन्त्री खनालले संघीयता आम नेपाली जनताका लागि फलदायी नभए मुलुककै लागि बोझ हुने भएकाले चाहेर वा नचाहेर पनि संघीयता टिक्न नसक्ने बताए ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’