सुजल फूड्स प्रालिले आफ्नो उत्कृष्ट उत्पादन चोकोफन ‘Chocofun’ को नयाँ विज्ञापन अभियान शुरु गरेको छ । ‘वन्ली चोकोफन’ भन्ने संदेश बोकेको यस विज्ञापन अभियानलाई आकर्षक ढंगले नेपालभर विभिन्न माध्यम मार्फत प्रस्तुत गरिएको कम्पनीले जनाएको छ ।
चोकोफनले विगत दुई दशक भन्दा बढी समयदेखि ग्राहक वर्गमा मिठास छर्दै आएको छ । यस बिज्ञापन अभियान मार्फत बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई ‘वन्ली चोकोफन’ को साथले मात्र पूर्णता मिल्दछ भन्ने सन्देश दिइएको छ ।
बालबालिकाहरुको विभिन्न रमाइला पलहरुमा चोकोफनको साथले थप खुशी र आनन्द प्राप्त हुन्छ र यसरी उनीहरुको रामाइलो र खुशीको अभिन्न अंगको रुपमा ‘वन्ली चोकोफन’ छ भन्ने अभिप्राय बोकेको यस विज्ञापन अभियानको प्रवर्द्धन टेलिभिजन, रेडियो, डिजिटल मिडिया तथा सामाजिक सञ्जाल मार्फत् प्रवाह गरिएको छ ।
बालबालिकाहरुले यस विज्ञापनलाई आफ्नो वास्तविक बाल्यकालसँग चित्रण गर्नेछन् । उनीहरुको दैनिकी जीवनमा हुने विभिन्न मिठा पलहरुलाई नै समेटेर ‘वन्ली चोकोफन’ नारा सहित चोकोफनको नयाँ विज्ञापन अभियानको टेलिभिजन विज्ञापनमा देखाइएको छ, जुन बालबालिकाहरुको हरेक रमाइला पलहरुलाई चोकोफनको मिठासले पूर्ण तुल्याउँदछ ।
विज्ञापनमा बालबालिकाहरु एक अर्कासँग रमाइलो गरिरहेको, चोकोफनको उत्कृष्ट स्वादमा मग्न भएको साथै ‘Only Chocofun’ नै उनीहरुको सफलताको मिठास बनेको पनि प्रस्तुत गरिएको छ ।
बिगत चार दशकदेखि उत्कृष्ट Confectionary उत्पादन गर्दै आएको Certified कम्पनी सुजल फूड्स प्रालिको लोकप्रिय उत्पादन हो चोकोफन । अत्याधुनिक मेसिनरी र उच्च स्वास्थ्यकर बातावरणमा सावधानिका साथ चोकोफनको उत्पादन गरिन्छ । Crispy/Crunchy वाफेरमा उत्कृष्ट चकलेट क्रीमले ढाकिएको चोकोफन गुणस्तरीय हुनुको साथै अत्यन्तै स्वादिष्ट रहेको कम्पनीको दाबी छ ।
यस विज्ञापनले सम्पूर्ण ग्राहक, उपभोक्ताको मन जित्न सफल हुनुको साथै सम्पूर्ण बालबालिकाहरुको जीवनमा चोकोफन अभिन्न अंगका रुपमा स्थापित हुने र उनीहरुको चोकोफनप्रतिको माया र प्रेम निरन्तर रहिरहने कुरामा कम्पनी पूर्णतः विश्वस्त रहेको जनाएको छ ।
सम्बन्धित खबर
१ हजार ३ सय रुपैयाँले घट्यो सुनको मूल्य
घट्यो सुनचाँदीको मूल्य
८ सय रुपैयाँले घट्यो सुनको मूल्य
पेट्रोलियम पदार्थको पुरानै मूल्य कायम गर्ने सरकारको निर्णय
पेट्रोलियम पदार्थको मूल्य फेरि वृद्धि, ग्यास प्रतिसिलिण्डर २१५ ले बढ्यो
पोखरामा सिट्रोनको अत्याधुनिक शोरुम सञ्चालनमा
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल