गण्डक न्यूजमा यहाँलाई हार्दिक स्वागत छ ।
गण्डक न्यूज डटकम सन् २०१७, अक्टोबर ९ तारिखदेखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
स्याङ्जामा अपाङ्गता भएकी महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई युवक पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पुतलीबजार नगरपालिका ८ डाँडास्वारा बस्ने २५ वर्षीय सुवास गुरुङ र २७ वर्षीय मदन गुरुङ रहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए।
उनीहरुले घरमा बसिरहेको बेला बौद्धिक अपाङ्गता भएकी ३२ वर्षीया महिलालाई भदौ २० गते जबरजस्ती करणी गरेको आरोप लागेको छ । प्रहरीले महिलाको विवरण गोप्य राखेको छ ।
महिला अपांगता भएका कारण परिवारले थाहा पाउन ढिलाइ भएको र भाइलाई २८ गते भनेपछि सोही दिनै दर्ता भएको निवेदनका आधारमा घटनामा संलग्नहरुलाई भदौ २९ गते नै प्रहरीले पक्राउ गरेको लामाले बताए । जिल्ला अदालत स्याङ्जाबाट सात दिन थुनामा राख्न अनुमति लिएर प्रहरीले अनुसन्धान गरिरहेको छ।
सम्बन्धित खबर
पोखराको बेगनासतालमा एक युवकको शव फेला
कास्कीका माधवको शव स्याङ्जाको मिर्मिमा भेटियो, बागलुङका डम्बरको अत्तोपत्तो छैन
नेशनल च्याम्पियनको उपाधि पोखराको बालोदयलाई
माधव र डम्बर अझै फेला परेनन्, माधवको पर्स आमाले भेटिन्
एमालेको गण्डकी प्रदेश अधिवेशनमा ओली अनुपस्थित, महासचिव पोखरेल प्रमुख अतिथि
ठूलाडिही–पोखरा सम्पर्क मञ्चको कौसी खेती प्रशिक्षण
यो पनि पढौँ
आँखामा राख्दा पनि नबिझाउने ‘बिनोद सर’ अब सम्झनामा
रेडियो देशान्तरमै झुण्डिए पत्रकार, कारण प्रेमिका
तनहुँको भिमादस्थित सेती नदी किनारमा मृत भेटिइन् पोखराकी रमा
तीन मध्ये दुई जनाको पहिचान खुल्यो, कास्की नौडाँडाका बिजय पौडेल र रुपन्देही तिलोत्तमाका गोपाल बस्याल