नेकपा (एमाले) ले मंगलबार दिवंगत उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधनमा सातै प्रदेशमा स्मृति सभा आयोजना गर्यो । स्मृति सभालाई सम्बोधन गर्न स्वर्गीय नेम्वाङको गृह जिल्ला इलाममा उपाध्यक्ष रामबहादुर थापा बादल पुगेका थिए ।
नेम्वाङको गृह जिल्ला इलाममा आयोजित कार्यक्रममा उपाध्यक्ष बादलसँगै नेम्वाङ पुत्र सुहाङ पनि सहभागी भए । सुहाङले उक्त समृति सभालाई सम्बोधन गर्दै पार्टीले अवसर दिए राजनीतिमा आउने संकेत गरेका छन् ।
उनले राजनीतिक परिवारमा जन्मँदैमा आफूले अवसर पाउनुपर्छ भन्ने नठानेको बताए । तर, बुबाको अधुरा सपना पूरा गर्न भने लागिरहने उनले बताए । उनले घुमाउरो रुपमा राजनीतिमा आउने संकेत गरेका हुन् ।
‘म राजनीतिमा सक्रिय छैन, तर म बुबासँग हुर्केको हुँ, म राजनीतिक परिवारमा जन्मिएको र हुर्किएको हुँ, राजनीतिक परिवारमा हुर्किएँ भन्दैमा उसैले अवसर पाउनुपर्छ भन्ने म कदापि ठान्दिन,’- उनले भने ।
बुबाले सधैँ लोकतन्त्र, संविधान र कानुनको शासन मजबुद होस् भन्ने चाहेको सुहाङले बताए । उनले इलामका जनतासँग हातेमालो गरेर अगाडि बढ्नसमेत आग्रह गरे । इलामको विकासका लागि सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेको पनि उनले बताए ।
नेम्वाङको निधनसँगै इलाममा एमालेको राजनीतिक विरासत धान्न पनि असन्न उपनिर्वाचनमा एमालेले सुहाङलाई अगाडि सार्ने आम सर्वसाधरणको बुझाइ छ । आफूले कहिल्यैपनि इलामवासीको शीर निहुरिन नदिने पनि उनले प्रतिवद्धता व्यक्त गरे । सुहाङ कानुन व्यवसायी हुन् ।
‘अहिलेसम्म बुवाले देशको परिवारको र इलामबासीको शीर निहुरिन दिनु भएन’, उनले भने, ‘म पनि बुवाले अपूरा छाडेका कामहरु अगाडि बढाउन तयार छु। मेरो परिवार र मैले कहिले पनि तपाईंहरुको शीर निहुरिन दिन्नौँ ।’
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?