नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।
ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् ।
ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए ।
यस्तै, इतर समूहको प्रतिनिधित्व गर्ने दाहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए । उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।
यस्तै, सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । पूर्व डिअाजीसमेत रहेका पूर्व सांसद सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।
यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।
सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
निर्वाचित सरकारलाई शक्ति हस्तान्तरण गर्न आतुर छौं : प्रधानमन्त्री
पर्यटनको सम्भावना बोकेको मुस्ताङको ‘झारकोट’ ओझेलमा
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?