नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल विजयी भएका छन् । शुक्रबार राति सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार ढुंगेलले अर्का उम्मेदवार कृष्ण दाहाललाई पराजित गरेका हुन् ।
ढुंगेल ६९६ मत प्राप्त गरी अध्यक्षमा विजयी भएका हुन् । अध्यक्षका अर्का उम्मेदवार कृष्ण दाहालले भने ४३९ मत प्राप्त गरेका छन् । रामेछापका ढुंगेल बागमती प्रदेश सरकारका पूर्व अर्थमन्त्री समेत हुन् ।
ढुंगेल एमाले अध्यक्ष केपी शर्मा ओली निकट मानिन्छन् भने उनको चुनावी अभियानमा एमाले नेता महेश बस्नेत लगायत सक्रियतापूर्वक लागेका थिए ।
यस्तै, इतर समूहको प्रतिनिधित्व गर्ने दाहाललाई अर्का नेता गोकुल बाँस्कोटालगायत जिताउन लागिपरेका थिए । उपाध्यक्षमा दावादोर्जे लामा विजयी भए । लामाले ६१५ मत प्राप्त गरे।
यस्तै, सचिवमा नवराज सिलवाल विजयी भएका छन् । सचिवमा नवराज सिलवाल एक मतले विजयी भए । पूर्व डिअाजीसमेत रहेका पूर्व सांसद सिलवालले ५६८ मत प्राप्त गर्दा हस्त पण्डितले ५६७ मत प्राप्त गरे ।
यस्तै, उपसचिवमा प्रेम कुमार महर्जन ५९९ र भक्त कुमारी लामा ५३६ मत लिएर विजयी भए ।
सहमतिको प्रयास सफल नभएपछि शुक्रबार नेतृत्व चयनका लागि एमाले पार्टी कार्यालय च्यासलमा मतदान भएको थियो ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह