चाडपर्वको मुखमा महँगीको मार थोपरिएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टीले आइतबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठक बहिष्कार गरेको छ ।
मुल्यवृद्धिको विरोधमा सर्वदलीय बैठक बहिष्कार गरेको रास्वपाका सभापति रवि लामिछानेले फेसबुक स्ट्याटसमार्फत् बताएका छन्।
‘चाड पर्वहरूको मुखमा आम उपभोक्ताहरूलाई मारपर्ने गरी सरकारले गरेको मुल्यवृद्धिप्रति हाम्रो गम्भीर आपत्ति छ। यसको विरोध स्वरूप आज प्रधानमन्त्रीज्यूले बोलाउनुभएको बैठक हामीले बहिष्कार गरेका छौं,’ उनले भनेका छन्।
यसबारे थप कार्यक्रम गर्ने पनि उनले बताएका छन्। प्रधानमन्त्री प्रचण्डले आइतबार बिहान ११ बजे संसद्मा प्रतिनिधित्व गर्ने सात राजनीतिक दललाई छलफलका लागि बालुवाटार बोलाएका छन्।
सुन तस्करी जाँचबुझका लागि उच्चस्तरीय आयोग बनाउनेलगायत विषयमा छलफल गर्न सर्वदलीय बैठक बोलाएको बताइएको छ।
नेपाल आयल निगमले गएरातिदेखि लागू हुने गरी खाना पकाउने ग्यासमा प्रतिसिलिण्डर २३५ रुपैयाँले मूल्य बढाउने निर्णय गरेको छ । यसैगरी डिजल-मट्टीतेलमा प्रतिलिटर ६ रुपैयाँ र पेट्रोलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य बढाइएको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह