आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

आजदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुला

ticket-0.08970700 1504268819

काठमाडौँ । दशैँका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुलेको छ।

गएको शुक्रबार भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय, यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच भएको छलफल अनुसार आजदेखि अग्रिम टिकट बुकिङ खोलिएको हो।

अग्रिम टिकट बुकिङ खुला गरिएसँगै यात्रुको चाप हुने स्थानमा यात्रु सहायता कक्ष स्थापना गरिने यातायात व्यवस्था विभागले जनाएको छ। कालोबजारीमा टिकट बिक्री हुन नदिन अनुगमन गरिने विभागको भनाइ छ।

टिकट बुकिङ खुला भएसँगै बिहानदेखि नै गोंगबुस्थित नयाँ बसपार्कमा टिकट लिनेहरुको भिड लागेको छ। यस्तै कलंकी, बल्खु, कोटेश्वरलगायत काठमाडौँका विभिन्न स्थानमा खोलिएका काउन्टरहरु पनि टिकट लिनेहरुको घुइँचो लागेको छ।

यसपालि ढिलो गरी अग्रिम टिकट बुकिङ खुला भएको हो। अघिल्ला वर्षमा दशैँ शुरु हुनुभन्दा झण्डै एक महिना अगाडि नै अग्रिम टिकट बुकिङ खुलाउने गरिँदै आएको थियो।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds