जाजरकोट भूकम्प : ज्यान गुमाउनेको संख्या १ सय ३७ पुग्यो

जाजरकोट भूकम्प : ज्यान गुमाउनेको संख्या १ सय ३७ पुग्यो

jajarkot_Earthquake

पोखरा । गएराति गएको भूकम्प परी जाजरकोट र रुकुम पश्चिममा गरी ज्यान गुमाउनेको संख्या १ सय ३७ पुगेको छ ।

पछिल्लो प्राप्त विवरण अनुसार जाजरकोटमा १ सय जना र रुकुम पश्चिममा ३८ जना गरी एक सय ३८ जनाको ज्यान गएको हो । भूकम्पका कारण एक सय ६६ जना घाइते भएका छन् । जाजरकोटमा ८१ जना र रुकुम पश्चिममा ८५ जना घाइते भएका हुन् ।

जाजरकोटमा घाइते भएका ८१ जनामध्ये २२ जनालाई थप उपचारको लागि सुर्खेत रेफर गरेको र बाँकेको जिल्लामै उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । रुकुम पश्चिममा घाइते भएका ८५ जनामध्ये सात जनालाई सुर्खेत तथा १० जनालाई नेपालगञ्ज पठाएको र बाँकीको जिल्लामै उपचार भइरहेको छ ।

अहिले पनि खोज तथा उद्धारको काम चलिरहेको छ । भूकम्पका कारण सयौँ घर भत्किएका छन् ।

गएराति ११ बजेर ४७ मिनेटमा जाजरकोटको बारेकोट गाउँपालिका– १, रामीडाँडा केन्द्रविन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भुकम्प गएको थियो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds