नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

नवजात शिशुको मृत्यु भएपछि सेती प्रादेशिक अस्पताल घेराउ

seti-pradesik-hospital

पोखरा । सेती प्रादेशिक अस्पतालमा नवजात शिशुको मृत्यु भएपछि आफन्तले विरोध गरेका छन् ।

मंगलबार राति धनगढी उपमहानगरपालिका–९ बंग्राकटानकी २४ वर्षीया तारा विकले शल्यक्रियामार्फत जन्माएको शिशुको मृत्यु भएपछि आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

चिकित्सकको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै कारबाही र क्षतिपूर्तिको माग राखेर आफन्तले अस्पताल घेराउ गरेका हुन् ।

उनीहरूले शल्यक्रियामा संलग्न चिकित्सकलाई कारबाही र पीडित परिवारलाई क्षतिपूर्ति दिनुपर्ने माग राखेका छन् ।

सुत्केरी ब्यथा लागेपछि मंगलबार बिहान ७ बजे बिकलाई प्रादेशिक अस्पताल भर्ना गरिएको थियो ।

राति शल्यक्रियामार्फत शिशुलाई जन्म दिए पनि शिशुको मृत्यु भएको हो ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds