चिसोका कारण रुकुम पश्चिममा दुई भूकम्प प्रभावितको मृत्यु

चिसोका कारण रुकुम पश्चिममा दुई भूकम्प प्रभावितको मृत्यु

Bhukampa-560×280

फाइल तस्वीर

चिसोका कारण रुकुम पश्चिममा दुईजनाको मृत्यु भएको छ।

जल्लाको आठबिसकोट नगरपालिका– १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको मृत्यु भएको हो ।

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको स्थानीयले बताएका छन् ।

गत कात्तिक १७ गते बारेकोट गाउँपालिका ०१ रामीडाँडालाई केन्द्रविन्दु बनाएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश त्रिपालमुनि बसिरहेका छन्।

चिसोका कारण आठबिसकोटका अधिकांश बिरामी परेका छन्। तुसारो र हिमपात हुने समय आएकोले तत्काल अस्थायी आवास निर्माणका लागि पहल गर्न र थप राहत पठाउन स्थानीयवासीले सरकारलाई आग्रह गरेका छन्।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds