झण्डै १२ वर्षदेखि फरार विशन फेदिखोलाबाट पक्राउ

अपराध

झण्डै १२ वर्षदेखि फरार विशन फेदिखोलाबाट पक्राउ

bishan gurung

स्याङ्जा । झण्डै बाह्र वर्षदेखि लागुऔषध मुद्दाका फरार व्यक्ति पक्राउ परेका छन् ।

स्याङ्जाको फेदिखोला गाउँपालिका वडा नं. २ बस्ने ३३ वर्षीय विशन गुरुङलाई  स्याङ्जा प्रहरीले फेदिखोलाबाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायव उपरीक्षक इन्द्रबहादुर रानाका अनुसार पुनरावेदन अदालत पोखराले २०६९ साल असार १७ गते लागुऔषध (ब्राउन सुगर, हिरोइन) मुद्दामा संलग्न रहेकोमा ५ वर्ष कैद र १० हजार रुपैयाँ जरिवाना तोकी सजाय फैसला गरेपछि विशन फरार थिए ।

फरार रहेका गुरुङलाई लुकिछिपी बसेको भन्ने गोप्य सूचनाका आधारमा फेदिखोलाबाट जिल्ला प्रहरी कार्यालय स्याङ्जाबाट खटिएको प्रहरी अधिकृत सहितको टोलीले मंगलबार पक्राउ गरेको डीएसपी रानाले जानकारी दिए ।

पक्राउ परेका गुरुङलाई अदालतमा पेश गरी कैद भुक्तानका लागि स्याङ्जा जिल्ला कारागार पठाइएको रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds