स्याङ्जामा सानिमा बैंकको शाखा विस्तार

स्याङ्जामा सानिमा बैंकको शाखा विस्तार

Madankrishna sanima

राम बहादुर रोकाहा, स्याङ्जा । स्याङ्जाको सदरमुकाममा सानिमा बैंकले आफ्नो नयाँ शाखा विस्तार गरेको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-१ स्थित बैंकरोडमा बैंकले आफ्नो १३३ औं शाखा विस्तार गरी बैंकिङ सेवा दिन शुरु गरेको हो ।

वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ, बैंकका संचालक रमेश कुमार पोखरेल र प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले संयुक्त रुपमा आज पुतलीबजार शाखाको उद्घाटन गरेका थिए ।

समारोहमा वरिष्ठ कलाकार श्रेष्ठले बैंकले थप एक नयाँ शाखा विस्तार गरी बैंकिङ सेवाको शुरु गर्दै स्याङ्जाबासीलाई सेवा सुविधा प्रवाह गरेकोमा सफलताको शुभकामना व्यक्त गरेका थिए ।

उनले हरिवंश आचार्य आज विशेष कारणले उपस्थित हुन नसकेतापनि उनी साथमै भएको अनुभूति गर्दै आफूहरूको ४३ औं वर्षको सहयात्रालाई स्मरण गरेका थिए ।

सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत निश्चलराज पाण्डेले बैंकका ग्राहक साथै सरोकारवाला सम्पूर्णलाई साथ, सहयोग तथा सद्भावका लागि उक्त समारोहमा कृतज्ञता व्यक्त गरे ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds