अवैध कार्यमा संलग्न जेसीबी र ट्याक्टर प्रहरी नियन्त्रणमा

अवैध कार्यमा संलग्न जेसीबी र ट्याक्टर प्रहरी नियन्त्रणमा

received_1053288695872490

स्याङ्जा । जिल्ला प्रहरी कार्यालय स्याङ्जाले अवैध कार्यमा संलग्न जेसीबी र ट्याक्टरलाई नियन्त्रणमा लिएको छ ।

स्याङ्जाको पुतलीबजार नगरपालिका-२ देविस्थान स्थित अरौदी खोलामा अवैध रुपमा गिट्टी बालुवा उत्खनन भइरहेको सूचनाका आधारमा प्रहरी टोलीले उक्त सवारीसाधनलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी नायब उपरीक्षक इन्द्रबहादुर रानाले जानकारी दिए ।

उनले अवैध उत्खनन कार्यमा संलग्न ग १ क ६१८७ नं. को जेसीबी र ओसारपसारमा संलग्न लु ४ त १४२२ नं. को ट्याक्टरलाई स्याङ्जा प्रहरीले नियन्त्रणमा लिएको जानकारी दिए ।

नियन्त्रणमा लिइएका जेसिबी र ट्याक्टरलाई थप कारबाहीका लागि पुतलीबजार नगरपालिकाको कार्यालयमा पठाइएको डीएसपी रानाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds