स्याङ्जाकी कमलाको अध्ययनका लागि यूके पुगेको ४ दिनमै निधन

स्याङ्जाकी कमलाको अध्ययनका लागि यूके पुगेको ४ दिनमै निधन

kamala-gurung-syangja

स्याङ्जा । उच्च शिक्षा अध्ययनका लागि बेलायत पुगेकी स्याङ्जाकी कमला गुरुङको ४ दिनमै निधन भएको छ ।

स्याङ्जा बिरुवा गाउँपालिका वडा नं.४, ओरस्टेकी ३१ वर्षीया कमला नोभेम्बर ३० तारिखमा बेलायत पुगेकी थिइन् । उनी बीपीपी यूनिभर्सिटी वेष्ट लन्डनमा मास्टर्स गर्न बेलायत गएकी थिइन् ।

डिसेम्बर ३ तारिखमा स्वास्थ्यमा एक्कासी समस्या भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । उनको उपचारकै क्रममा साेहि दिन निधन भएको गैर आवासीय नेपाली संघ (एनआरएनए) यूकेका अध्यक्ष प्रेम गाहामगरले जानकारी दिए ।

कमलाको मृत्यु भएपछि उनका श्रीमान् बेलायत गएको बताइन्छ ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ


This will close in 3 seconds