स्याङ्जा । पहिलो पाइला नेपाल, स्याङ्जा शाखाले पाँच दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम प्रदान गरेको छ ।
`बोली नै मानिसको सभ्यता, अर्थपूर्ण बोली आजको आवश्यकता´भन्ने मूल नारासहित पुतलीबजार नगरपालिका-१ रेडियोचोक स्थित सामुदायिक रेडियो स्याङ्जाको सभाहलमा पहिलो पाइला नेपाल स्याङ्जाद्वारा पाँच दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिम ७ गतेदेखि संचालनमा आएको थियो ।
युवाहरुलाई लक्षित गरी आत्मविश्वास बढाउँदै सक्षम वक्ता बनाउने अभियान सहित उक्त तालिम संचालन गरिएको संस्थाकी संस्थापक शाखा अध्यक्ष एवं केन्द्रिय सदस्य स्मृति काफ्लेले जानकारी दिइन् । उनले दक्ष उद्घोषक उत्पादन गर्ने तथा नेतृत्व विकास गर्ने उद्देश्यलाई उक्त तालिमद्वारा सहजीकरण गरिएको बताइन् ।
समापन समारोहका प्रमुख अतिथि लक्ष्मी स्मृति सामुदायिक पुस्तकालय, सामुदायिक रेडियो स्याङ्जा तथा स्याङ्जा टेलिभिजनका अध्यक्ष ध्रुववन्धु पौडेलले प्रशिक्षार्थीहरुलाई प्रमाणपत्र वितरण गरेका थिए । उनले युवाहरु नै विकासको मेरुदण्ड रहेको र नेतृत्व विकासबाट नै हरेक कुराको शुरूवात हुने बताए ।
उनले युवाहरू जागरुक भई आफ्नो बोल्नेकला तथा नेतृत्व विकास गर्ने कलामा सक्रिय रही आफ्नो सहभागिता जनाएकोमा खुसी व्यक्त गरेका थिए । अहिलेको समयमा युवाहरू लगायत सबैले आफ्नो क्षमता विकास गर्न आवश्यक रहेको कुरामा उनले जोड दिएका थिए ।
५ दिने उद्घोषण कला तथा नेतृत्व विकास सम्बन्धी तालिम अवधिभर पत्रकार एक बहादुर(रमेश) गोदार प्रमुख प्रशिक्षक र रेडियोकर्मी विक्रम सम्वत् सह-प्रशिक्षक रही प्रशिक्षण दिएका थिए । त्यस्तै, रेडियो/टेलिभिजन सम्बन्धी प्राविधिक विषयमा प्राविधिक विनोद घतानेले प्रकाश पारेका थिए ।

तालिमका प्रमुख प्रशिक्षक पत्रकार गोदारले यस्ता तालिमले युवाहरुमा सरल वाचनकला, नेतृत्व विकासकलामा निखारता आउने, आत्मविश्वास बढ्ने बताएका थिए । उनले तालिममा सक्रियता जनाएर सिकेका कुराहरुलाई आआफ्नो व्यवहारमा समेत उतार्न आग्रह गरे । तालिमले धेरैथोरै भएपनि प्रशिक्षार्थीहरुमा परिवर्तन आएको दाबी गरे ।
सो कार्यक्रममा पहिलो पाइला नेपाल जिल्ला शाखाकी संस्थापक अध्यक्ष एवं केन्द्रिय सदस्य स्मृति काफ्ले,शाखाका संस्थापक सल्लाहकार चन्द्रमणी पौडेल, स्याङ्जा रेडियो/टि.भी.का उपाध्यक्ष यादव राज शर्मा, संस्थाका केन्द्रिय महासचिव विनोद महत, बुटवल शाखा अध्यक्ष विनोद बस्याल लगायतका वक्ताले तालिममा सिकेका कुराहरुलाई व्यवहारमा उतार्न पर्ने साथै निर्धक्क भई नेतृत्व विकासमा अगाडि बढ्नुपर्ने कुरामा जोड दिएका थिए ।
जिल्ला शाखाका पुर्व सल्लाहकार चन्द्रमणी पौडेलले ५ दिने उद्घोषण तथा नेतृत्व विकास सम्बन्धी तालिमको गत शनिबार उद्घाटन गरेका थिए । उनले यस्ता किसिमका तालिमको प्रभावले सबैमा वाचनकला तथा नेतृत्व विकासमा ठूलो योगदान पुर्याउने जनाएका थिए ।
जिल्ला शाखाकी सभापति सन्ध्या लामिछानेको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रममा संस्थाकी उपाध्यक्ष समिक्षा सुवेदीले स्वागत मन्तव्य राखेकी थिइन् भने सचिव युवराज तिवारीले संचालन गरेका थिए । त्यस्तै, प्रशिक्षार्थी विष्णु सुनारले अनुभव व्यक्त गरेका थिए भने सुरक्षा केसीले धन्यवाद व्यक्त गरेकी थिइन् ।
सामुदायिक रेडियो स्याङ्जा एफएम तथा स्याङ्जा टेलिभिजनको प्राविधिक सहयोगमा संचालन भएको तालिममा सहभागीहरु मध्ये उत्कृष्टलाई रोजगारीको अवसर समेत रहेको जनाइएको छ । ५ दिनसम्म चलेको तालिममा २० जना सहभागी थिए ।
सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते