काठमाडौँ । सरकारले ललितपुरको बालकुमारीमा शुक्रबार भौतिक तथा मानवीय क्षति हुने गरी भएको घटनामा लापरबाही गर्नेहरूलाई कारबाहीको दायरामा ल्याउने भएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अन्य विकल्पहरूको प्रयोग नगरी गोली चलाउन आदेश दिने प्रहरी अधिकारीलाई छानबिन पूरा नभएसम्म निलम्बन गरिएको जानकारी दिए ।
आजदेखि काठमाण्डौमा आयोजित संयुक्त ट्रेड युनियन समन्वय केन्द्रको छैटौँ राष्ट्रिय ट्रेड युनियन सम्मेलनमा बोल्दै उनले भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाका पीएसओ र प्रहरी अधिकारीलाई निलम्बन गरिएको जानकारी दिए ।
प्रधानमन्त्री प्रचण्डले रोजगार अनुमति प्रणाली (ईपीएस) कोरिया शाखाका प्रमुख र सुरक्षा अवस्थाको विश्लेषण नगरी त्यस क्षेत्र हुँदै भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री प्रकाश ज्वाला सवार गाडी लैजाने सुरक्षाकर्मीलाई पनि निलम्बन गरिएको बताउनु भएका हुन् ।
प्रधानमन्त्रीसँगको परामर्शपछि उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठको निर्देशनमा उनीहरुलाई निलम्बन गरिएको हो ।
ललितपुरको बालकुमारीमा शुक्रबार भएको घटनामा दुई जनाको ज्यान गएको थियो भने मन्त्री ज्वाला सवार गाडीमा आगजनी भएको थियो ।
कोरियाली भाषा परीक्षाबाट आफूहरुलाई वञ्चित गरिएको भन्दै केही युवाले प्रदर्शन गरेका थिए । प्रदर्शनले हिंसात्मक रुप लिएपछि जनधनको क्षति भएको थियो ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने