स्याङ्जामा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

दुर्घटना

स्याङ्जामा ट्रक र मोटरसाइकल ठक्कर खाँदा एकको मृत्यु

road-accident-1597561408

स्याङ्जाको गल्याङमा ट्रक र मोटरसाइकल आपसमा ठोकिँदा भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका गल्याङ -२ का मोटरसाइकल चालक ४३ वर्षीय दिपक थापाको उपचारका क्रममा गर्हौँ प्राथमिक अस्पताल वालिङ्मा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका प्रवक्ता एवं सूचना अधिकारी प्रहरी निरीक्षक पावल सिंह लामाले जानकारी दिए ।

प्रहरीका अनुसार शनिबार साँझ गल्याङ नगरपालिका -१ ब्झादी डाँडामा वालिङ्बाट बुटवल जाँदै गरेको लु १ ख ५१४३ नम्बरको ट्रक र बुटवलबाट गल्याङ आउँदै गरेको लु ३८ प २४४५ नम्बरको मोटरसाइकल एकापसमा ठक्कर खाँदा दुर्घटना भएको हो ।

दुर्घटना पश्चात् ट्रक चालकलाई नियन्त्रणमा लिई दुर्घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक लामाले बताए ।

प्रतिक्रिया

लेखकको बारेमा

राम बहादुर रोकाहा

राम बहादुर रोकाहा

रोकाहा स्याङ्जा केन्द्रित पत्रकारिता गर्छन् ।

ट्रेन्डिङ