मुगु । मुगुमा १४ वर्षीया बालिका माथि सामूहिक बलात्कार गरेको आरोपमा नगर प्रहरी र सरकारी कर्मचारीसहित पाँच जना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा छायाँनाथ रारा नगरपालिकामा कार्यरत नगर प्रहरी छायाँनाथ नगरपालिका–५ कार्कीबाडाका ३० वर्षीय बसन्त बहादुर कार्की र कृषी विकास कार्यालय गमगढीका कार्यालय सहयोगी २२ वर्षीय बसन्त रोकाया र १८ वर्ष मुनीका अरु तीन जना किशोरहरु रहेका छन् ।
उनीहरूलाई पुस २५ गते पक्राउ गरी जबरजस्ती करणी कसुरमा मुद्दा दायर गरेर पाँच दिनको म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ ।
सामूहिक बलात्कारको घटनामा ९ जना संलग्न रहेको प्रहरीले जनाएको छ । घटनामा संलग्न ४ जना अझै फरार छन् । फरार रहेकाहरुको खोजी भइरहेको प्रहरीले जनाएको छ ।
बालिकाको पेटमा १८ हप्ताको गर्भ रहेको समेत खुलेको छ। बालिकाको स्वास्थ्य बिग्रन थालेपछि परिवारले उनलाई अस्पताल लगेको थियो।चेकजाँचका क्रममा उनको पेटमा गर्भ रहेको देखिएपछि उनीमाथि बलात्कार भएको घटना बाहिरिएको हो।
सोधपुछको क्रममा बालिकाले आफूमाथि पटकपटक बलात्कार भएको घटना प्रहरीलाई सुनाएकी थिइन्।
गत असोज १० गते बसन्त बहादुर कार्कीले बालिका बस्ने डेरामै गएर एकछिन काम छ भनी बोलाएर तान्दै आफ्नो कोठामा लगेका थिए। त्यहाँ बसन्त रोकाया र पदमबहादुर रोकायाले बालिकालाई बलात्कार गरेको पीडित जाहेरीमा उल्लेख छ।
पीडित बालिकालाई एक संस्थाको संरक्षणमा राखिएको छ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने