दोहा – माछापुच्छ्रे बैंक र अल्फरदान एक्सचेन्ज कतारबीच भएको व्यवसायीक कारोवार आजबाट औपचारिक शुभारम्भ गरिएको छ।
कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत् नेपाल सजिलै पैसा पठाउन सकिने व्यवसायीक कारोवारको आज एक अन्तरक्रियात्मक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो।
नेपाली राजदुतावास दोहा कतारका कार्यबाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रमका विशिष्ट अतिथि माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने तथा व्यवसायीक साझेदार तथा अलफर्दान एक्सचेन्ज कतारका अपरेशन हेड मोहम्मद हिसाम रहेका थिए ।
नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लगाई लगायत कतारमा रहेका नेपाली व्यवसायी एवं गैरआवासीय नेपाली संघका अभियन्ताहरूको विशेष आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व बैंकका मध्यपूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले गरेका थिए ।
कतारमा रहेका सम्पूर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत नेपाल पैसा पठाउन सक्ने भएका हुन्।
बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुबिधा दिदै आएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको र्बैंकका हालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
सम्बन्धित खबर
इरानसँग वार्तामा जुट्यो अमेरिका, ट्रम्पले भने- ‘ठूला आक्रमण गर्दैनौँ, युद्ध अन्त्यको प्रयास हुँदैछ’
यूएईमा इरानी मिसाइल र ड्रोन आक्रमणमा ७ जनाको मृत्यु
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
अमेरिका र इजरायलले गरेको आक्रमणमा इरानका सर्वोच्च नेता खामेनेई मारिएको पुष्टि
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह