दोहा – माछापुच्छ्रे बैंक र अल्फरदान एक्सचेन्ज कतारबीच भएको व्यवसायीक कारोवार आजबाट औपचारिक शुभारम्भ गरिएको छ।
कतारमा रहेका नेपालीहरुलाई नेपालमा रेमिट्यान्स पठाउन अझ सहज होस् भन्ने उद्धेश्यका साथ कतारमा माछापुच्छ्रे बैंकको एमबिएल रेमिट मार्फत् नेपाल सजिलै पैसा पठाउन सकिने व्यवसायीक कारोवारको आज एक अन्तरक्रियात्मक औपचारिक कार्यक्रम गरी शुभारम्भ गरिएको हो।
नेपाली राजदुतावास दोहा कतारका कार्यबाहक राजदूत कुमार राईको प्रमुख आतिथ्यतामा सप्पन्न कार्यक्रमका विशिष्ट अतिथि माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत विश्वम्भर न्यौपाने तथा व्यवसायीक साझेदार तथा अलफर्दान एक्सचेन्ज कतारका अपरेशन हेड मोहम्मद हिसाम रहेका थिए ।
नेपाल व्यवसायी संघ कतारका अध्यक्ष महेन्द्र चम्लगाई लगायत कतारमा रहेका नेपाली व्यवसायी एवं गैरआवासीय नेपाली संघका अभियन्ताहरूको विशेष आतिथ्यता रहेको कार्यक्रमको सभापतित्व बैंकका मध्यपूर्व व्यवसाय प्रमुख सुजन सापकोटाले गरेका थिए ।
कतारमा रहेका सम्पूर्ण नेपालीहरुले कतारको अल्फरदान एक्सचेन्जका सम्पूर्ण शाखा कार्यालय तथा अनलाइन मोबाइल एप्लिकेशन मार्फत नेपाल पैसा पठाउन सक्ने भएका हुन्।
बैंकिङ्ग क्षेत्रमा नयाँनयाँ स्मार्ट सुविधाहरु रहेको बैंकले देश तथा बिदेशमा रहेका ग्राहकहरुलाई २४ सै घण्टा सेवा सुबिधा दिदै आएको छ ।
स्थापनाकालदेखि नै नयाँनयाँ प्रविधिमा आधारित सेवा सुविधा ग्राहक माझ ल्याउन कटिवद्ध रहेको माछापुच्छ्रे बैंकले मोवाईल बैंकिङ्ग सेवा, इन्टरनेट बैंकिङ्ग सेवा, अनलाईन मार्फत खाताएंव मुद्धती खाता खोल्ने, क्यू.आर.कोड लगायतका थुप्रै अत्याधुनिक प्रविधिहरु आफ्ना ग्राहकमाझ ल्याइसकेको र्बैंकका हालसम्म देशका ७ वटै प्रदेशमा १६५ शाखा, १२एक्सटेन्सन काउन्टर, १३० शाखारहित बैंकिङ्ग सेवा, २०२ एटिएम मार्फत १५ लाख भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ।
सम्बन्धित खबर
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अस्ट्रेलियामा ट्रकले कारलाई ठक्कर दिँदा नेपाली दम्पती र छोराको मृत्यु
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’