काठमाडौँ — मध्यपूर्व क्षेत्रमा विकसित हुँदै गएको सुरक्षा तथा राजनीतिक परिस्थितिका कारण शनिबार विभिन्न देशहरूले हवाई क्षेत्र अस्थायी रूपमा बन्द गरेपछि मध्यपूर्वी आकाश हुँदै युरोप, क्यानडा र संयुक्त राज्य अमेरिकालगायतका गन्तव्यका लागि हुने अन्तर्राष्ट्रिय उडानहरू व्यापक रूपमा कटौती भएका छन् ।
यस निर्णयले हजारौं यात्रुहरू प्रत्यक्ष रूपमा प्रभावित भएका छन् भने विश्वव्यापी उड्डयन सञ्जालमा समेत असर परेको अन्तराष्ट्रिय संचारमाध्यमले जनाएका छन् । कुवेतको सार्वजनिक नागरिक उड्डयन प्राधिकरणले क्षेत्रीय सुरक्षा विकासलाई ध्यानमा राख्दै कुवेत अन्तर्राष्ट्रिय विमानस्थलको हवाई क्षेत्र अस्थायी रूपमा बन्द गर्ने घोषणा गरेको छ ।
विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई उडान रद्द
प्राधिकरणका प्रवक्ता अब्दुल्लाह अल–राज्हीले यात्रु, विमान कम्पनी र विमानस्थल सञ्चालनको सुरक्षा सुनिश्चित गर्न पूर्वसावधानी कदमस्वरूप यस्तो निर्णय गरिएको बताएका छन् । सम्बन्धित निकायहरू स्थानीय तथा अन्तर्राष्ट्रिय साझेदारहरूसँग समन्वय गरी अवस्था अनुगमन गरिरहेको उनले जनाएको एजेन्सीहरुले समाचारमा उल्लेख गरेका छन् ।
हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट विभिन्न सातवटा अन्तर्राष्ट्रिय विमानस्थलमा हुँदै आएका अन्तरराष्ट्रिय उडान रद्द भएका छन् ।
सारजहा, दोहा, दुबई, कुबेत सिटी, अबुधाबी, कतार तथा दमाम विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट शनिबार दिउँसो र रातिका सबै उडान रद्द गरिएका त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा महाप्रबन्धक टेकनाथ सिटौलाले जानकारी दिए ।
उनले भने, ‘सारजहा, दोहा, दुबई, कुबेतसिटी, अबुधाबी र कतार विमानस्थलमा हवाई उडानमा प्रतिबन्ध लगाइएकाले नेपालबाट दिउँसो र राति हुने सबै उडान रद्द गरिएका छन् । उडानहरु कहिले खुल्छन् भन्नेबारे अर्को निर्णय भएपछि जानकारी गराइने छ ।’
यसैगरी, यात्रुलाई आफ्नो उडानका लागि विमानस्थल जानुभन्दा अगाडि सम्बन्धित वायुसेवा कम्पनीमा सम्पर्क गरेर मात्र जान विमानस्थल कार्यालयले आग्रह गरेको छ ।
त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
काठमाडौंको त्रिभुवन विमानस्थलमा मध्यपूर्वका क्षेत्रमा उडानका लागि विमानस्थलमा पुगेका यात्रुहरु प्रभावित हुन् ।
काठमाडौंमा रहेको नेपाल नागरिक उड्डययन प्राधिकरणले मध्यपूर्वमा उत्पन्न हालको हवाई क्षेत्र प्रतिबन्धलाई नजिकबाट अवलोकन गरिरहेको जनाउँदै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चालन हुने अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग समन्वय गरिरहेको जनाएको छ । प्राधिकरणका सहप्रवक्ता ज्ञानेन्द्र भुलले भने, ‘हामी काठमाडौंमा सेवा दिइरहेका अन्तर्राष्ट्रिय एयरलाइन्सहरूसँग नजिकबाट समन्वयमा छौं । अन्तर्राष्ट्रिय यात्रासम्बन्धी कुनै तत्काल समस्या भए त्यसको जानकारी समयमै अपडेट गरिनेछ ।’
प्राधिकरणले यात्रुहरूलाई आफ्ना वायुसेवाका आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरेको छ ।यात्रुहरूलाई थप जानकारी तथा अद्यावधिक विवरणका लागि कतार एयरेवेजको वेबसाइट, कतार एयरवेजको मोबाइल एप वा सामाजिक सञ्जाल प्लेटफर्म एक्समा रहेको आधिकारिक च्यानलमार्फत जानकारी लिन आग्रह गरिएको छ।
सम्बन्धित खबर
इरानको ड्रोन आक्रमणमा परी युएईमा १५ नेपाली घाइते
१९ लाख नेपालीलाई उच्च सतर्कता अपनाउन अपिल
मध्यपूर्व क्षेत्रमा तनाव उत्पन्न भएपछि विश्वभर उडान प्रभावित, त्रिभुवन विमानस्थलमा यात्रुहरु अलपत्र
भारतको हिमाचलमा आगलागीसँगै ग्यास सिलिन्डर विस्फोटमा ९ नेपालीको मृत्यु
गायक प्रशान्त तामाङ रहेनन्
सबै म्यानपावरले जापानमा कामदार पठाउन पाउने
यो पनि पढौँ
तनहुँ गाछेपानीमा ओभर स्पीड भ्यानले डिभाइडर नाघेर स्कूटरलाई ठक्कर दिँदा दुईको मृत्यु
मोटरसाइकल ठोक्किएर आगो लाग्दा एसईई दिएर फर्किँदै गरेका ३ विद्यार्थीको मृत्यु, ३ जना घाइते
बाल स्वास्थ्यसम्बन्धी महत्त्वपूर्ण शैक्षिक सम्मेलन ‘गण्डकी नेपकन–२०२६’ पोखरामा सम्पन्न
सार्वजनिक यातायातमा बढ्यो भाडा, कहाँ पुग्न कति लाग्छ?