स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका स्थित घट्टेखोलामा मोटरेबल पुलको शिलान्यास भएको छ ।
देशकै पहिलो पर्यटकीय ग्रामीण गाउँ सिरुवारी छोटो दुरीमा रहेतापनी उक्त खोलामा पुल नहुँदा अर्जुनचौपारीबाट जानुपर्दा जोखिमपूर्ण र लामो यात्रा गर्नुपर्ने बाध्यता पुलको शिलान्याससङ्गै पुल बन्ने भएपछी हट्ने भएको हो ।
दुई पालिका अर्जुनचौपारी र आँधीखोला हुँदै पर्वत जिल्ला जोड्ने उक्त खोलामा संघीय सांसद राजु थापा र अर्जुनचौपारी गाउँपालिकाका प्रमुख प्रकाश तिवारीले शुक्रबार संयुक्त रुपमा मोटरेबल पुलको शिलान्यास गरेका हुन् ।
उक्त शिलान्यास कार्यक्रममा सांसद थापाले विकास हुन समय लाग्ने एकैपटक नहुने बताउँदै पालिकाको विकास निर्माणमा युवाहरुको सक्रियता अपरिहार्य रहेकोमा सबैलाई साथ र सहयोग गर्न आग्रह गरे ।
संघीय सरकारको ५० लाख र बाँकी पालिकाको बजेटमा साँढे १० मिटर लम्बाई र साँढे ५ मिटर चौडाइ कायम हुने गरि मोटरेबल पुल निर्माण गर्न लागेको पालिकाका सब-इन्जिनियर सन्दिप बोगटीले जानकारी दिए ।
शिलान्याससङै बन्न लागेको मोटरेबल पुल अँगेरे भँगेरे निर्माण सेवा कम्पनीले टेन्डर रकममा २७ प्रतिशत छाडेर एक करोड १६ लाख ५४ हजार ६९ रुपियाँ ४५ पैसामा एक वर्ष भित्रमा निर्माण सम्पन्न गर्ने गरि गत पौष १२ गते सम्झौता गरेको थियो ।
यहि खोलामा पुल नहुँदा चार वर्ष पहिला पुल शिलान्यासमा आएका तत्कालीन भौतिक पुर्वाधार मन्त्री रघुवीर महासेठको गाडी बगाएको थियो ।
सम्बन्धित खबर
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
घाँस काट्ने क्रममा भिरबाट लडेर महिलाको मृत्यु
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला