सद्गुरुद्वारा डिजाइन गरिएको ईनर इञ्जिनियरिङ कार्यक्रम नेपालको दुई स्थानमा हुँदैछ ।
काठमाण्डौमा फागुन १ गतेदेखि ७ गतेसम्म होटल अन्नपूर्ण, दरबारमार्गमा हुने साताव्यापी कार्यक्रम पोखरामा फागुन ८ देखि १४ गतेसम्म हुनेछ ।
आयोजक ईशा फाउण्डेशनले भनेको छः – ‘हामी फेब्रुअरी महिनामा नेपालमा दुईवटा ईनर इञ्जिनियरिङ कार्यक्रमहरू काठमाडौं र पोखरामा घोषणा गर्न पाउँदा उत्साहित छौं।’
अगाडि भनेको छः ‘सद्गुरुद्वारा डिजाइन गरिएको, इनर इन्जिनियरिङ एक परिवर्तनकारी कार्यक्रम हो र जसमा सद्गुरुद्वारा निर्देशित सरल योग अभ्यासहरू, सत्रहरू र ध्यान प्रक्रियाहरू तथा शाम्भवी महामुद्रा क्रिया, एक शक्तिशाली २१–मिनेट योगिक प्रक्रियाको प्रसारण समावेश छ । यस कार्यक्रमले तपाईलाई स्वास्थ्य, आनन्द र उत्साहको जग निर्माण गर्न र आनन्दको रसायन स्थापना गर्न मद्दत गर्दछ।’
कार्यक्रम पोखराको मार्फा थकाली समाज, शितलादेवीमा हुनेछ । आयोजकका अनुसार हरेक दिन बिहान ६ बजेदेखि ९ बजे वा साँझ ५ बजेदेखि ८ बजेसम्म दुई सत्र राखिएको छ । आफूलाई अनुकूल समय छनौट गरी सहभागी हुन सकिनेछ ।
शनिबारको दिन फागुन १२ गते भने बिहान ६ बजेदेखि साँझ ५ बजेसम्म सेशन चल्नेछ । काठमाण्डौमा अंग्रेजी भाषामा हुने र पोखरामा हिन्दी भाषामा कार्यक्रम सञ्चालन हुने आयोजकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि नाम दर्ता गर्न आयोजकले आग्रह गरेको छ ।
लिन्कः https://isha.co/IE-Pokhara
सम्बन्धित खबर
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
स्याङ्जाको नवग्रह मन्दिरको संरक्षणका लागि बजेट छुट्याइयोस् : सचेतक राई
नवग्रह मन्दिरमा ५ लाख ४४ हजारभन्दा बढी मन्त्रजप
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला
अर्जुनचौपारीमा आज सार्वजनिक बिदा
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
स्याङ्जा पुगेर गगनले भने– आवश्यक परे नेतृत्व छाड्न तयार छु
नुहाउने क्रममा आँधीखोलामा बेपत्ता भएकी महिला मृत फेला