पोखरा नयाँबजारस्थित मित्रमिलन सहकारी ठगीको आरोपमा पक्राउ परेका पृथ्वीनारायण क्याम्पसका उपप्राध्यापक विष्णुप्रसाद भण्डारी धरौटीमा रिहा भएका छन्।
आज बुधबार जिल्ला अदालत कास्कीबाट ७ लाख धरौटीमा उनी रिहा भएका छन् । आज भएको थुनछेक बहसका क्रममा न्यायाधीश रामचन्द्र शर्माको इजलासले भण्डारीलाई धरौटीमा रिहा गर्ने आदेश दिएको हो ।
पक्राउ पूर्जी जारी भएपछि सम्पर्कविहीन भण्डारीलाई प्रहरीले दुई दिन अघि सोमबार राति ८ बजे पक्राउ गरेको थियो । पोखरा–५, मालेपाटनस्थित कुलाकोडिल नजिकै डेरा गरी बस्दै आएका भण्डारीलाई कोठाबाटै प्रहरीले पक्राउ गरेको थियो ।
मित्रमिलन सहकारी ठगीमा ३३ जना विरुद्ध पक्राउ पुर्जी जारी भएपनि हालसम्म ८ जना मात्र पक्राउ परेका छन् । पक्राउ परेका मध्ये लेखा समितिका संयोजक सूर्यबहादुर अधिकारी र उपप्राध्यापक भण्डारी धरौटीमा रिहा भएका छन् ।
अध्यक्ष रमण पौडेल, कार्यकारी अधिकृत किरण अधिकारी, सहकारी सञ्चालक समिति सदस्य गोपाल खनाल, शेयर सदस्य राजु बराल र बुद्धिसागर पौडेल थुनामा छन् ।
सम्बन्धित समाचारः
लेखा संयोजक अधिकारी ७ लाख धरौटीमा रिहा
मित्रमिलन सहकारी ठगी प्रकरणः पूर्व रजिस्ट्रार पराजुलीसहित ४ जना पूर्पक्षका लागि थुनामा
सम्बन्धित खबर
छैटौं टाइगर कपमा २२ लाख ६५ हजार रुपैयाँ बचत
आलु महोत्सव सकियाे, ५ करोडको कारोबार
यसरी फेरिँदैछ रुपाको रुप
१० औं पोखरा स्पोर्ट्स अवार्डको टाइटल स्पोन्सर ‘रारा तयारी चाउचाउ’
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
यो पनि पढौँ
गण्डकी मन्त्रिपरिषद् हेरफेरः मुख्यमन्त्रीबाहेक सबै मन्त्री फेरिए
ओली र लेखकलाई पक्राउ गर्न ‘हतार’ भएको गृहमन्त्री सुधन गुरुङद्वारा स्वीकार
गण्डकीमा मन्त्रिमण्डल पुनर्गठनः एमाले र कांग्रेसबाट यी हुन् नयाँ मन्त्री
सरकारले फेरि बढायो डिजेल र इन्धनको मूल्य, कति पुग्यो ?