पोखरामा सम्पन्न एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा १ करोड ६० लाख रुपैयाँभन्दा बढी आम्दानी भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालको आयोजनामा गत माघ ९ देखि १७ गतेसम्म पोखरा रंगशालामा सञ्चालित सो प्रतियोगिताबाट २२ लाख ६५ हजार १ सय ६ रुपैयाँ बचत भएको शनिबार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो ।
प्रतियोगिताको कुल आम्दानी १ करोड ६० लाख ७ हजार ७ सय २५ रुपैयाँ रहेको छ । भने १ करोड ३७ लाख ४२ हजार ६ सय १९ रुपैयाँ खर्च भएको छ ।
आम्दानीको मुख्य स्रोतका रुपमा सुश्री मिडिया प्रालीबाट ३० लाख , प्रदेश खेलकुद परिषद गण्डकी र पोखरा महानगरपालिकाबाट १०/१० लाख, टिम प्रवेश शुल्कबाट १ लाख ३५ हजार, सिजनल टिकटबाट ८० हजार, प्रवेश शुल्कबाट ५९ लाख ४९ हजार २ सय ८२ रुपैयाँ र स्वदेश तथा विदेशका विभिन्न संघसंस्था एवं व्यक्तिहरुबाट ४८ लाख ४३ हजार ४ सय ४३ रुपैयाँ संकलन गरेको छ ।
प्रतियोगिता सञ्चालनका क्रममा भएको खर्चको विवरण अनुसार सहभागी टिमको आवास तथा यातायातमा सबैभन्दा बढी ४४ लाख ५७ हजार ६ सय ९८ रुपैयाँ खर्च भएको छ ।
खेलाडीलाई प्रदान गरिएको पुरस्कार तथा प्रोत्साहनमा २६ लाख ७३ हजार ३ सय २० रुपैयाँ, अतिथि स्वागत सत्कारमा ६ लाख ३२ हजार २ सय ९५ रुपैयाँ, प्रचारप्रसार तथा विज्ञापनमा ४ लाख २५ हजार रुपैयाँ र खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार रुपैयाँ खर्च भएको कोषाध्यक्ष हरिबहादुर श्रेष्ठले जानकारी दिए ।
अन्य खर्चहरुमा भोजन तथा खाजा खर्च १० लाख ९५ हजार ४ सय ६० रुपैयाँ र विभिन्न सामग्री तथा स्टेशनरी खरिदमा ३ लाख ७ हजार ५ सय ५९ रुपैयाँ खर्च भएको छ ।
यस्तै सोभिनियर/मायाको चिनोमा ३ लाख ७५ हजार, प्रतियोगिता समारोह व्यवस्थापनमा २ लाख १६ हजार ३ सय ९२, कार्यालय व्यवस्थापनमा २ लाख १६ हजार ४ सय ७०, अस्थाही प्याराफिट मञ्च, टेन्ट र साउण्ड सिस्टममा १९ लाख ३२ हजार ४ सय ७०, खेल मैदान व्यवस्थापनमा ३ लाख ६६ हजार ४६ रुपैयाँ खर्च भएको छ ।
यस्तै स्वयमसेवक परिचालनमा २ लाख ९५ हजार, खेल सामग्री तथा स्टेशनरीमा ३ लाख ५ हजार ५ सय ५९, ट्रफी, मेडल तथा प्रमाणपत्रमा २ लाख १२ हजार ४ सय ८०, बिमा, प्राथमिक उपचार तथा खानेपानीमा १ लाख ६३ हजार ७ सय ७७, जुरी तथा रेफ्रीमा १० लाख १५ हजार ४ सय ६० र खेलाडी सम्मानमा १ लाख ५ हजार ८ सय ७२ रुपैयाँ खर्च भएको छ ।
टाइगर ग्रुप अफ पोखरा नेपालका अध्यक्ष नारायण प्रसाद शर्माले सातौं संस्करणको टाइगर कपको मिति सार्वजनिक गर्ने बताए । ‘काठमाडौंमा यही १० गतेदेखि एनभिए भलिबल हुँदै छ, नेपाल भलिबल संघको सिफारिसमा नै सातौं संस्करणको मिति तय छौं’, अध्यक्ष शर्माले भने, ‘यस पटक प्रतियोगिताको मिति पनि केही अगाडि सर्न सक्छ, विदेशी लिगसँग मिति नजुड्ने गरी उत्कृष्ट टिम ल्याउन लागि पछौं ।’
एनसेल छैटौं टाइगर कप राष्ट्रिय तथा अन्तर्राष्ट्रिय क्लब महिला तथा पुरुष भलिबल प्रतियोगितामा महिलातर्फ टिपटप न्यू डायमण्ड युथ स्पोट्र्स क्लब प्रथम, नेपाल पुलिस क्लब दोस्रो र थाइल्याण्डको किभान्स तेस्रो भएका थिए ।
पुरुषतर्फ गण्डकी प्रदेश भलिबल संघ प्रथम, नेपाल पुलिस क्लब दोस्रो र पर्वत जिल्ला भलिबल संघ तेस्रो भएका थिए ।
सम्बन्धित खबर
चाङ्गान नेभो Q05 पोखरामा सार्वजनिक, डीपल शोरुम पोखरामा ४ दिने टेस्ट ड्राइभ कार्यक्रम
कोरियाली कलाकार किमद्वारा बाढीपीडितलाई ५ हजार किलो चामल सहयोग
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन
बाल दिवसमा ज्योति बाल क्लबका बालकहरूले पठाए बाढीपीडितलाई राहत
गण्डकी प्रदेश प्रमुख भट्टद्वारा हरितालिका तीजको शुभकामना
‘पेन्सन पट्टा’को दमदार सुरुवात: दुई दिनमै ४५ लाखभन्दा बढी, पोखराबाट मात्रै १५ लाख संकलन
यो पनि पढौँ
तीज मनाउन भदैसँग माइत हिँडेकी महिलाको दुपट्टा मोटरसाइकल चक्कामा बेरिएर बाटैमा ज्यान गयो
स्याङ्जामा गोठमा अचेत भेटिएकी महिलाको मृत्यु
अष्ट्रेलियामा अन्तर्राष्ट्रिय विद्यार्थीलाई थप कडाई, परिवार लैजान रोक !
सुजल डेरीद्वारा पोखराको लेकसाइडमा ‘लभबर्ड्स प्रिमियम आइसक्रिम’ को चौथो पार्लर सञ्चालन