गत फागुन १२ गते चितवनको रत्ननगर स्थित एकता शिशु निकेतनमा अध्ययनरत छात्रा शालीन पोख्रेल स्कुलको होस्टलमा झुन्डिएको अवस्थामा फेला परेकोमा घटनाको तथ्यलाई बंग्याउन खोजिएको भन्दै पोखराबाट खबरदारी गरिएको छ ।
घटनाको प्रमाण र प्रारम्भिक अवस्थाले बलात्कार भएको जिकिर गर्दै उनीहरुले घटना लुकाउन खोजिएको प्रति जिल्ला प्रशासन कार्यालय, कास्की अगाडि एक घण्टा धर्ना दिएका छन् ।
साथै, जिल्ला प्रशासन मार्फत् प्रधानमन्त्रीलाई पोखराका अधिकारकर्मीहरुले ज्ञापनपत्र पठाएका छन् । ५ दिनसम्म पनि पोस्टमार्टम नभएको घटनाले थप शंका उत्पन्न गराएको उनीहरुले बताएका छन् ।
कोणसभालाई सम्बोधन गर्दै युवा नेता माधब बास्तोलाले बलात्कारपछि हत्या गरी कृत्रिम रुपमा झुन्ड्याइएको नाटक गर्ने मतियायारहरुलाई कठघरामा उभ्याएर कार्बाही गर्नुपर्ने बताए।
समाजमा घट्दै गरेका यस्ता घटनाहरुमा निर्मम भएर कानुन बनाउनु पर्ने अहिलेको आवश्यकता रहेको भन्दै अधिकारकर्मी सरस्वती पुरीले बताइन् ।
अर्का वक्ता शेखर गौतमले आफ्ना नानीबाबुहरु समाज, स्कुल, घर कतैपनि सुरक्षित हुन नसकेकोमा गम्भीर भएर सोच्ने बेला आएको बताए ।
विद्यार्थी नेता दीपा शर्माले यो घटनामा ठूलै मान्छेको हात भएकोले दोषीलाई बाहिर ल्याउन आनाकानी गरिरहेको बताइन्।
ज्ञापनपत्र पढेर सुनाउँदै बिष्णु सुवेदीले संविधान संशोधन गरी मृत्युदण्डको माग गरे ।
ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी गंगा बहादुर क्षेत्रीले यस्तो घटनाले दुःखित तुल्याएको भन्दै आजै यो ज्ञापनपत्र प्रधानमन्त्री कार्यालयमा पठाउने पनि बताए।

सम्बन्धित खबर
अस्पतालको सेफ्टीट्याङ्कीमा खसेर बालिकाको मृत्यु
चितवनमा बाघको आक्रमणबाट एक जनाको मृत्यु
अन्तरजातीय विवाह गर्ने १५ जोडीलाई भरतपुर महानगरको सम्मान
भरतपुर अस्पतालमा चिकित्सकको धर्ना
सेफ्टी ट्याङ्कीमा खसेर एक महिलाको मृत्यु
भरतपुर महानगर साहित्य दर्पण–४ र वाङ्मय कोश विमोचन
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’