काठमाडौं । नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको केन्द्रीय अध्यक्षमा कास्कीका किसान सुनार सर्वसम्मत निर्वाचित भएका छन् ।
काठमाडौंमा सम्पन्न १०औं अधिवेशनबाट युवा व्यवसायी सुनार सर्वसम्मत निर्वाचित भएका हुन् ।
सो समितिको प्रथम उपाध्यक्षमा द्धारिका विश्वकर्मा, द्धितीय उपाध्यक्षमा सुधिर अग्रवाल सर्वसम्मत निर्वाचित भए ।
मुख्य तिनवटा पद सर्वसम्मत भएपनि अन्य पदका लागि भने निर्वाचन भएको थियो । निर्वाचनको नतिजा अनुसार तृतीय उपाध्यक्षमा प्रेमबहादुर खाती १७५ मतले विजयी भए । यस्तै महा–सचिवमा विमल धमला (निरबहादुर वि.क) १५५ मत प्राप्त गर्दै निर्वाचित भए । सचिवमा केशर बहादुर वि.क (२००), सचिव पृथ्वी विश्वकर्मा(१६६), कोषाध्यक्ष गणेश प्रसाद विश्वकर्मा (१८६)र सह–कोषाध्यक्ष दिपक धनुके (१५७) मतसहित निर्वाचित भए ।
यस्तै कार्यसमिति सदस्यमा बृद्धिबहादुर वि.क, भुपेन वि.क, उमेश गहतराज, कुमार विश्वकर्मा, जगतबहादुर सुनार, राजेन्द्र विश्वकर्मा, केशवबहादुर सुनार, सोमबहादुर वि.क, कमलप्रसाद लामिछाने, त्रिलोचन विश्वकर्मा, किशोर सेन्चुरी, मानबहादुर सुनार, सूर्य कुमार बराल, सुरथबहादुर सुनार, हेम सागर गहतराज (सुनार), उमेश प्रसाद शाह, निरंजन कुमार शाह, प्रेमकुमार स्वर्णकार र विद्या सागर ताम्राकर निर्वाचित भए ।
सो अधिवेशनमा महासंघमा आवद्ध ३२ संस्थाका कुल ३८४ प्रतिनिधि सहभागि रहेका थिए ।
यस्तै महिला सदस्यमा सुलोचना सापकोटा, दाना हमाल, लोप्साङ छोडेन शेर्पा, प्रदेश सदस्य (पदेन)मा देवी कृष्ण पाण्डेय र रामबहादुर विक सर्वसम्मत निर्वाचित भए ।
शुक्रबारबाट काठमाडौंमा सुरु भएको नेपाल सुनचाँदी रत्न तथा आभूषण महासंघको १० औं अधिवेशनबाट किसान सुनारको नेतृत्वका ३ वर्षे कार्यकालका लागि नयाँ नेतृत्व चयन भएको हो ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने