काठमाडौँको छाउनीमा डाक्टर प्रतिभा मृत फेला

काठमाडौँको छाउनीमा डाक्टर प्रतिभा मृत फेला

Prativa-Dhauvadel

काठमाडौँ । काठमाडौँको छाउनीमा डाक्टर प्रतिभा धौभडेल मृत अवस्थामा फेला परेकी छन् ।

३४ वर्षीया धौभडेल छाउनीस्थित आफ्नै घरको शौचालयमा बिहीबार बिहान करिब ९ बजे सलको पासो लगाएर झुण्डिएको अवस्थामा फेला पारेकी हुन् ।

बिहीबार मृत अवस्थामा फेला परेकी डाक्टर धौभडेलको शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा पठाइएको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ ।

धौभडेल उक्त घरमा श्रीमान डा कविराज भण्डारीसँग बस्दै आएकी थिइन् । श्रीमतीलाई झुण्डिएको देखेपछि श्रीमान भण्डारीले उनलाई छाउनी अस्पताल पु¥याएका थिए । अस्पतालले उनलाई मृत घोषणा गरेको थियो ।

धौभडेलले लामो समयदेखि डिप्रेशनको औषधि खाइरहेकी बताइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

ट्रेन्डिङ


This will close in 4 seconds