हेमजा । १२ औं राष्ट्रिय हेमजा आलु महोत्सव–२०८० को तयारी अन्तरगत स्टल निर्माणको काम तिब्र पारिनुको साथै स्थानीय पास वितरण सुरु गरिएको छ ।
‘सुन्दर ठाउँ हेमजा जाउँ, आलुका स्वादिष्ट परिकार खाउँ आलु एक परिकार अनेक’ भन्ने मूल नारका साथ विष्णुपादुका क्लब हेमजाको आयोजनामा हुन लागेको महोत्सव चैत २५ देखि बैशाख ५ गते सम्म विष्णु पादुका खेल मैदानमा हुदैछ । हेमजालाई व्यवसायिक कृषि क्षेत्रको रुपमा देश विदेशमा चिनाउदै उत्पादक र उपभोक्ताबीचको प्रत्यक्ष सम्पर्क स्थापित गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो।
महोत्सव अन्तर्गत स्टल निर्माणको कार्य अन्तिम चरणमा पुगेको छ । कुल १ सय ४० स्टल मध्य ४० स्टल कृषि उपजको प्रवद्र्धनका लागि छुट्टाइएको छ । प्रवेशका लागि साधारण ८० तथा विद्यार्थीलाई ५० रुपैयाँमा टिकटको व्यवस्थापन गरिएको छ । स्थानीय पासको लागि रु २५० मा दिउँसोको कार्यक्रम तथा रु ५०० मा दिउँसो र पप कन्सर्टमा सहभागी हुन पाउने व्यवस्था गरिएको महोत्सव मुल आयोजक समितिका संयोजक सुविन श्रेष्ठले जानकारी दिए । महोत्सवमा प्रतिकेजी रु.३८ देखि ४० का बीचमा आलुको काराबार हुनेछ ।
महोत्सवको आकर्षणका रुपमा आलु तथा ताजा तरकारीको प्रदर्शनी, आलुको पहाड निर्माण, आलुका विभिन्न परिकार प्रदर्शन, माटो र बोटबिरुवाको परीक्षण तथा रोगको निदान, कृषि सम्बन्धी विविध सांस्कृतिक कार्यक्रम, कृषि झाँकी प्रदर्शनी, कृषि विज्ञ र किसानबीच अन्तक्र्रिया, विभिन्न कृषि उपज, बिउबिजन तथा अन्य कृषि यन्त्रको प्रदर्शनी, कृषक सम्मान तथा पुरस्कार, रत्यौली गीत प्रतियोगिता, हास्य व्यङग्य एवम् लाइभ पप कन्सर्ट लगायत रहनेछन् ।
हेमजाको कुल १२ हजार ५ सय हेक्टरमध्ये ५ सय ९० हेक्टरमा आलु खेती गरिँदै आइएको छ । जसअन्तर्गत त्यहाँका ५ सय ४० घरपरिवार किसान व्यावसायिक रुपमा आलुखेतीमा आबद्ध छन् । यस वर्षको महोत्वव अन्तर्गत हेमजामा करिव ८० टन आलुको कारोवार हुने आयोजकको अपेक्षा छ ।
सम्बन्धित खबर
इनिशा विक मृत्यु प्रकरण : सामूहिक बलात्कार नभएको प्रहरीको निष्कर्ष
सार्वजनिक नगर्दै बाहिरियो जेन-जी आन्दोलनसम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन [पूर्णपाठ]
रवि लामिछानेले अब कास्की अदालतमा तारेख धाउन नपर्ने
झापामा देखियाे ‘बर्ड फ्लु’काे प्रकोप, पंक्षीजन्य वस्तु ओसारपसारमा रोक
बालेनले सपथ लिने दिन नै प्रधानमन्त्री कार्की निजी निवास फर्किने
०४६ पछि सार्वजनिक भूमिकामा बसेकाको सम्पत्ति छानबिन हुनुपर्छ, यो काम रास्वपा सरकारले गरोस्: गगन
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
पोखराको शान्ति निकेतनले अत्याधुनिक भवनबाट ११ र १२ कक्षा सञ्चालनमा ल्याउँदै
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने