नवलपुर । त्रिवेणीस्थित गण्डक ब्यारेजमा बाढीको सतह खतराको सीमा नजिक पुगेपछि भारतले गण्डक ब्यारेजका सबै ३६ ढोका खोलेको छ ।
गण्डकमा पानीको सतह २ लाख ६० हजार क्यूसेक लिटर भन्दा माथि पुगेका कारण भारतको उत्तर प्रदेश र बिहार लगिएका २ वटा नहर र भारतमा हुन सक्ने जोखिम कम गर्न सबै ढोका खोलेको हो ।
प्रहरी चौकि त्रिवेणीका सई महेश रायमाझिका अनुसार पानीको सतह खतराको सिमा नजिक पुगेका कारण ढोका खोलिएको हो । त्यसले त्रिवेणी क्षेत्रको ड्बुान कमगर्न पनि सघाउँछ ।
तिनदिनदेखिको लगातारको वर्षालले गण्डकमा नदीको सतह एक्कासी बढेपछि भारतले आफनो सुरक्षाको लागि ढोका खोलेको हो । रायमाझिका अनुसार गण्डकमा पानीको सतह लगातार बढि रहेको छ ।
नेपाल भारतको सिमानामा पर्ने त्रिवेणीमा बांध बांधेर करिब ६० वर्ष अघिदेखि भारतले उत्तर प्रदेश र बिहारका साढे २ लाख हेक्टर क्षेत्रफलमा पानी लगेको छ । सिमानामा पर्ने गण्डक ब्यारेजमा पानी नियन्त्रण गर्ने जिम्मा भारतियको एकाधिकार छ ।
नेपाल तर्फको भूभाग डुवानको जोखिम हुदासमेत भारतलाई जानकारी गराएपछि उसैले ढोका खोलेर नदीमा पानीको बहाब सुनिश्चित गर्छ ।
सम्बन्धित खबर
बजारमा बेच्न राखिएको तरकारीमा ९९ प्रतिशत विषादी, जफत गरी खाल्डोमा गाडियो
नवलपुरमा करेन्ट लागेर कामदारको मृत्यु
पूर्व–पश्चिम राजमार्गको विनयी खोला पुल सञ्चालनमा
नवलपरासीको विनयी खोला पुलमा बिहीबारबाट गाडी चल्ने
विषालु च्याउ खाँदा १६ जना बिरामी, ३ को अवस्था गम्भीर
पानी परेको बेला दाउन्ने सडकमा राति गाडी चलाउन रोक
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?