एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसहितको झण्डै दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री हुँदै गर्दा माधव-झलनाथ बेचैन बनेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष ओलीलाई भस्मासुरको संज्ञा दिएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीकै कारणले कम्युनिष्ट आन्दोलन ओरालो यात्रामा लागेको बताए ।
उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै नेकपामा पुर्याइसकेका थियौं । जुन नेकपामा पुयाउँदा १० लाख पार्टी सदस्य थिए । संसदमा दुई तिहाइ बहुमतमा थियौं । ७ मध्ये ६ प्रदेशमा पूर्ण बहुमतमा थियौं । देश वाममय बन्दै गइरहेको थियो, तर त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई पुर्यायौं भष्मासुर निस्किए । उनले कम्युनिष्ट आन्दोलनलाई दक्षिपणन्थतिर लग्दै गए र आफैं दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो ।’
उनले ओलीकै कारण नेपालको राजनीति दक्षिणपन्थी र अवसरवादतर्फ गएको जिकिर गरे । ओलीले संसद विघटन गरेदेखि नेपालको राजनीति अस्थिर बन्दै कम्युनिष्ट आन्दोलनलाई नै दिशाहीन बनाएपछि आफूहरुले विद्रोह गरेको नेता खनालले बताए ।
एमालेमै बसेको भए बिजोग हुने रहेछ: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए।
‘विद्रोह गर्नु जायज थियो। विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए। दास भएर बस्नुपर्थ्यो। समर्पण गरेर बस्नुपर्थ्यो। हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो। हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग। त्यही बिजोग हाम्रो पनि हुने थियो। त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्यौं,’ उनले भने।
एमालेसँगको विद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे।
‘अहिले एउटा कुरा म सुन्ने गर्छु–यो तीन वटा शब्द तपाईंहरु कसैले नसुन्नुस्। कान बन्द गरिदिए हुन्छ। पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन। यो वाहियात कुरा सन्दै नसुन्नुस्। तुरुन्त खण्डन गर्नुस्। प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। अहिले पनि भइराखेको छ। दिनदिनै भइराखेको छ, अध्यक्ष नेपालले भने।
सम्बन्धित खबर
मधेशको मुख्यमन्त्रीमा कांग्रेसका यादव नियुक्त
प्रतिनिधि सभा निर्वाचन: शनिबारदेखि समानुपातिकको प्रक्रिया सुरु, प्रत्यक्षको मनोनयन माघ ६ मा
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’