एमाले अध्यक्ष केपी शर्मा ओली काँग्रेसहितको झण्डै दुई तिहाईको शक्तिशाली प्रधानमन्त्री हुँदै गर्दा माधव-झलनाथ बेचैन बनेका छन् ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले अध्यक्ष ओलीलाई भस्मासुरको संज्ञा दिएका छन् । प्रवासी नेपाली एकता मञ्चको अन्तर्राट्रिय अधिवेशनलाई सम्बोधन गर्दै उनले ओलीकै कारणले कम्युनिष्ट आन्दोलन ओरालो यात्रामा लागेको बताए ।
उनले भने, ‘हामीले कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउँदै नेकपामा पुर्याइसकेका थियौं । जुन नेकपामा पुयाउँदा १० लाख पार्टी सदस्य थिए । संसदमा दुई तिहाइ बहुमतमा थियौं । ७ मध्ये ६ प्रदेशमा पूर्ण बहुमतमा थियौं । देश वाममय बन्दै गइरहेको थियो, तर त्यस्तो शक्तिको नेतृत्व गर्ने ठाउँमा जुन नेतालाई पुर्यायौं भष्मासुर निस्किए । उनले कम्युनिष्ट आन्दोलनलाई दक्षिपणन्थतिर लग्दै गए र आफैं दुई तिहाइ बहुमत भएको संसदलाई विघटन गर्ने काम भयो ।’
उनले ओलीकै कारण नेपालको राजनीति दक्षिणपन्थी र अवसरवादतर्फ गएको जिकिर गरे । ओलीले संसद विघटन गरेदेखि नेपालको राजनीति अस्थिर बन्दै कम्युनिष्ट आन्दोलनलाई नै दिशाहीन बनाएपछि आफूहरुले विद्रोह गरेको नेता खनालले बताए ।
एमालेमै बसेको भए बिजोग हुने रहेछ: माधव नेपाल
नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमालेसँगको विद्रोहको औचित्य पुष्टि भएन भन्नेहरुको प्रतिवाद गर्न नेता कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले एमालेमै बसेको भए आफूहरुको बिजोग हुने बताए।
‘विद्रोह गर्नु जायज थियो। विद्रोह नगरेको भए नेपालको कम्युनिष्ट आन्दोलनको रक्षाको निम्ति दृढतापूर्वक उभिने योद्धाहरु हराएर जाने थिए। दास भएर बस्नुपर्थ्यो। समर्पण गरेर बस्नुपर्थ्यो। हामी सबैको भविष्य खत्तम भइसकेको हुने थियो। हामीले देखेका छौं, कतिपय नेताहरुको के भएको छ बिजोग। त्यही बिजोग हाम्रो पनि हुने थियो। त्यस्ता चुनौतीको सामना गरेर अघि बढने आँट गर्यौं,’ उनले भने।
एमालेसँगको विद्रोह पुष्टि भएन भन्नेहरुको कुरा नसुन्न पनि उनले नेता कार्यकर्तालाई आग्रह गरे।
‘अहिले एउटा कुरा म सुन्ने गर्छु–यो तीन वटा शब्द तपाईंहरु कसैले नसुन्नुस्। कान बन्द गरिदिए हुन्छ। पहिलो कुरा, विद्रोहको औचित्य पुष्टि भएन। यो वाहियात कुरा सन्दै नसुन्नुस्। तुरुन्त खण्डन गर्नुस्। प्रत्येक घटनाक्रमले हाम्रो विद्रोहको औचित्य पुष्टि भएको छ। अहिले पनि भइराखेको छ। दिनदिनै भइराखेको छ, अध्यक्ष नेपालले भने।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह