नेकपा(एमाले)का अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्न आवश्यक कागजातमा नेताहरुले हस्ताक्षर गरेका छन् ।
शुक्रबार प्रतिनिधिसभाको बैठकपछि संसद् भवन बानेश्वरमा एमाले अध्यक्ष ओलीको कार्यकक्षमा दलहरुबीच छलफल भएको थियो ।
त्यसक्रममा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष ओलीले नयाँ सरकार गठनका लागि आवश्यक कागजातमा हस्ताक्षर गरेका हुन् ।
नेताहरुका अनुसार राष्ट्रपति रामचन्द्र पौडेलले सरकार गठनका लागि आह्वान गर्ने बित्तिकै ओलीलाई प्रधानमन्त्री नियुक्त गर्न दाबी पेश गर्ने तयारी रहेको छ । छलफलपछि एमाले अध्यक्ष ओली र कांग्रेस सभापति देउवासहित दलका नेताहरुले नयाँ सरकार गठनका लागि हस्ताक्षर गरेको एमाले सांसद सूर्य थापाले जानकारी दिए ।
शुक्रबार प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिनिधिसभामा विश्वासको मतका लागि राखेको बहुमतले अस्वीकृत भएपछि नयाँ सरकार गठनको बाटो खुलेको छ ।
आजै सरकार गठनका लागि दाबी पेश गर्ने
नेपाली कांग्रेस र नेकपा एमालेले आजै सरकार गठनका लागि दाबी पेश गर्ने भएका छन् ।
राष्ट्रपति रामचन्द्र पौडेलले असार ३० आइतबार साँझ ५ बजेसम्मका लागि दाबी पेश गर्ने समय दिएका छन् । संविधानको धारा ७६ (२) अनुरुप दाबी पेशका लागि राष्ट्रपतिले आह्वान गरेपछि एमाले अध्यक्ष केपी शर्मा ओलीलाई प्रधानमन्त्री बनाउन दुई दलले दाबी पेश गर्न लागेका हुन् ।
अहिले सवा ९ बजे राष्ट्रपति कार्यालय शीतल निवास सांसदहरुको हस्ताक्षरसहित दाबी पेश गरिने एमालेका प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिएका छन् ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह