काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) को निर्वाचन आगामी फागुन १५ गते गर्ने भएको छ ।
त्रिवि प्राज्ञिक परिषद् स्थायी समितिको बैठकले २०८१ सालको शैक्षिक क्यालेन्डर स्वीकृत गर्दै स्ववियु निर्वाचन २०८१ फागुन १५ गते स्ववियु निर्वाचन गर्ने समेत निर्णय गरेको हो ।
शैक्षिक क्यालेन्डरमा नै स्ववियु निर्वाचनको मिति तोकेको हो । त्यस्तै अर्को निर्वाचन २०८३ को फागुन १४ गते हुनेछ ।
यसअघि २०७९ चैत ५ गते स्ववियु निर्वाचन गरेको थियो । चैत ५ गते त्रिविका ६२ वटा आंगिक क्याम्पसहरूमध्ये उक्त दिन ४४ मा निर्वाचन भएको थियो । केही आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरुमा पछि समेत निर्वाचन भएको थियो । लामो समयपछि त्रिविले स्ववियु निर्वाचन गराउन सफल भएको थियो ।
हरेक दुई वर्षमा स्ववियु निर्वाचन गराउनुपर्ने त्रिविको कानुनी प्रावधान छ । तर लामो समयदेखि निर्वाचन हुने सकेको थिएन । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले नै निर्वाचनका लागि ग्रिन सिग्नल दिएपछि २०७९ मा निर्वाचन सम्पन्न भएको थियो ।
यो पटक भने त्रिविले आफ्नो शैक्षिक क्यालेन्डरमा नै निर्वाचनको मिति समेत राखेको छ । आगामी दुई वर्षपछि हुने निर्वाचनको मिति समेत अहिले नै तय गरेको हो ।
सम्बन्धित खबर
हाइकिङ निस्कँदा जंगलमा अचानक ढलेका भारतीय राजदूत श्रीवास्तवको मुटुको शल्यक्रिया
भदौ २३ र २४ सम्झिँदै ओलीले भने: लोकतन्त्र अजेय छ, एमाले अजम्बरी छ
प्रचण्डको दाबीः एमालेका नेताहरु पनि एकता संवादमा छन्
राष्ट्रिय स्वाधीनतामा लिएको अडानकै कारण एमालेले यो हमला भोग्दैछ: विप्लव
बालुवाटारबाट भागेको होइन, बच्चाबच्चीको खुसीका लागि भागे जस्तो गरेको हुँ: ओली
एमालेको ११ औं महाधिवेशन उद्घाटन समारोहमा ३ लाख उतार्ने दाबी
यो पनि पढौँ
चरक मेमोरियल हस्पिटलको १३ औं वार्षिकोत्सवमा विविध कार्यक्रम
‘पोखरा विन्टर फेष्ट’ आगामी शनिबार, चर्चित भारतीय कलाकार सञ्जु राठोडको प्रस्तुती रहने
पोखरा विमानस्थल निर्माणमा ८ अर्बभन्दा बढी भ्रष्टाचार, ५ पूर्वमन्त्री सहित ५५ जनाविरूद्ध मुद्दा दर्ता
सडकबाट उछिट्टिएर ट्याक्सी म्याग्दी नदीमा खस्यो, चालक मृत फेला