नेपाली कांग्रेसले केपी शर्मा ओली नेतृत्वको सरकारमा पठाउने मन्त्रीहरूको नाम टुंगो लगाएको छ।
नवनियुक्त प्रधानमन्त्री ओलीको सोमबार बिहान शितल निवासमा शपथग्रहणको कार्यक्रम छ। सोही बेला सरकारमा सामेल हुने मन्त्रीहरूको पनि शपथ गराउने तयारी छ।
कांग्रेसको संस्थापन पक्षले मन्त्रीहरूको टुंगो लगाइसकेको छ भने नेता शेखर कोइराला-गगन थापा पक्ष भने अन्तिम छलफलमा छ।
कांग्रेसले सरकारमा ९ मन्त्री पठाउने भएकोले कोइराला पक्षले ४ मन्त्री आफ्नो समूहबाट चयन गर्न पाउनुपर्ने अडान राखेको छ भने संस्थापन पक्ष ३ मन्त्री दिने पक्षमा छ।
सभापति शेरबहादुर देउवाको सचिवालय स्रोतले दिएको जानकारीअनुसार प्रकाशमान सिंह, रमेश लेखक, आरजु राणा देउवा, दिपक खड्का, अजय चौरसिया र ऐनबहादुर शाहीको नाम टुंगो लागेको छ। सांसद तेजुलाल चौधरी पनि मन्त्री बन्दैछन्। उनी राष्ट्रपति रामचन्द्र पौडेल निकट हुन् ।
उनीहरूको मन्त्रालय टुंगो लागिसकेको छैन। सिंह सहरी विकास, आरजु परराष्ट्र र लेखक गृहमन्त्री हुने चर्चा छ। सभापति देउवा पक्षले ६ जना मन्त्री टुंगो लगाएको हो।
सभापति देउवाको सचिवालयका अनुसार सबै मन्त्रीका नाम प्राप्त भइसकेपछि कसले कुन मन्त्रालय सम्हाल्ने भन्नेबारे टुंगो लाग्नेछ।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’