नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान)ले सौर्य एयरलाइन्सको जहाज उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई दुर्घटनामा परेको जनाएको छ ।
क्यान, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले प्रेस विज्ञप्तिमार्फत काठमाडौंबाट उड्नेबित्तिकै ११ बजे ११ मिनेटमा सौर्य एयरलाइन्सको सीआरजे-७ जहाज दुर्घटनामा परेको जनाएको छ ।
विज्ञप्तिमा भनिएको छ, ‘आज मिति २०८१।०४।०९ गते तद्नुसार २४ जुलाई २०३४ बुधबारका दिन सौर्य एयरलाईन्सको सीआरजे-७ (९एन-एएमई) जहाज काठमाडौंबाट स्थानीय समयअनुसार बिहान ११:११ मा पोखरा उडानको क्रममा उड्नेबित्तिकै दाहिनेतिर मोडिन गई रनवेको पूर्वतिर रहेको स्थानमा दुर्घटनाग्रस्त हुन पुगेको हो ।’
त्यस्तै प्राधिकरणले तत्कालै उद्धार कार्य सुरु गरी १ जना घाइतेलाई अस्पताल पुर्याइएको जनाएको छ । जहाजका चालक मनिषरत्न शाक्यको उद्धार गरी केएमसी शिक्षण अस्पताल लगिएको छ । क्यानको विज्ञप्तिमा अगाडि भनिएको छ, ‘तत्कालै उद्धार कार्य सुरु गरी आगो नियन्त्रणमा लिई १८ जनाको शव संकलन गरिएको तथा १ जना घाइतेलाई उद्धार गरी अस्पताल पुर्याइएको जानकारी गराइन्छ ।’


Photo Credit: ktmspotter




सम्बन्धित खबर
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाको चुनाव प्रचार गर्ने गाडीले ठक्कर दिँदा ४ जना घाइते
गोरखामा जिप दुर्घटना हुँदा चालकको मृत्यु
धादिङ बस दुर्घटना: १९ मृतकको पहिचान खुल्यो, मृतक तीन विदेशी
धादिङमा बस दुर्घटनाः मृतकको सङ्ख्या १९ पुग्यो, २२ बढी घाइते
लमजुङमा आफैले चलाएको ट्याक्टर पल्टिँदा च्यापिएर मृत्यु
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
पोखरामा रवि, जिबीलाई मुद्दा हाल्ने व्यक्ति आफै पनि सहकारी ठगी आरोपमा पक्राउ