इजरायलबाट १० महिनाअघिदेखि हमासले बन्धक बनाएकामध्ये ६ जनाको शव भेटिएको इजरायली सेनाले जनाएको छ ।
इजरायली सेना (आईडीएफ) का अनुसार गाजाको रफाह सहरको भूमिगत सुरुङमा शनिबार ती शव फेला परेका हुन् । हमासले अक्टुबर ७ मा गरेको आक्रमणपछि उनीहरूलाई बन्धक बनाएको थियो ।
आईडीएफले शव भेटिएकाहरूको नाम सार्वजनिक गर्दै त्यसमध्ये पाँच जना इजरायली नागरिक रहेको जनाएको छ । उनीहरू कार्मेल गाट, एडेन यरुसल्मी, अलेक्जेनडर लोबानोभ, अल्मोग सारुसी र ओरी डानियो हुन् । अर्को एक जना गोल्डबर्ग पोलिन अमेरिकी नागरिक हुन् ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले पोलिन अमेरिकी नागरिक भएको पुष्टि गर्दै उनको मृत्युले ‘शोकाकुल र क्रूद्ध भएको’ बताएका छन् । हमासको एक भिडियोमा पोलिन हात काटिएको अवस्थामा देखिएका थिए । एक विज्ञप्तिमा बाइडेनले उक्त मृत्युलाई दुःखद र निन्दनीय भन्दै हमास नेताहरूले त्यसको चर्को मूल्य चुकाउनुपर्ने चेतावनी दिएका छन् ।
आईडीएफले शव भेटिएका बन्धकलाई हमासले आफूहरू पुग्नुभन्दा केही अघि निकै क्रूर तरिकाले हत्या गरेको जनाएको छ । भेटिएका शव इजरायली भूभागमा ‘फिर्ता गरिएको’ आईडीएफले जनाएको छ । ‘अक्टोबर ७ मा बन्धक बनाइएका उनीहरूको हमास आतंकवादी संगठनले गाजापट्टीमा हत्या गरिदिएको छ,’ आईडीएफले भनेको छ ।
बेपत्ता परिवारहरूको समूह ‘द मिसिङ फ्यामिलिज फोरम’ले इजरायली सरकारले युद्धविरामका लागि सहमति जनाएको भए बन्धकहरूले अकालमै ज्यान गुमाउनुपर्ने स्थिति नआउने बताएको छ । फोरमले इजरायली प्रधानमन्त्री नेतान्याहूलाई बाँकी बन्धकहरूको रिहाइका लागि युद्धविराम गर्न आग्रह गरेको छ ।
हमासले अक्टुबार ७ मा गरेको आक्रमणपछि २ सय ५१ जनालाई बन्धक बनाएको थियो । तीमध्ये ९७ जना अझै पनि हमासको नियन्त्रणमा छन् । तीमध्ये कम्तीमा २७ जनाको ज्यान गइसकेको अनुमान छ ।
कहाँ छन विपिन ?
हमासले बन्धक बनाएका व्यक्तिको सूचीमा नेपाली विद्यार्थी विपिन जोशी पनि छन् । परराष्ट्र मन्त्रालयले जोशीको रिहाइका लागि सम्भव भएसम्मका सबै कूटनीतिक माध्यमहरूमार्फत पहल भइरहेको बताउँदै आएको छ । तर पनि हालसम्म उनको अवस्था अज्ञात छ ।
अक्टुबर ७ को आक्रमणमा इजरायलमा करिब १२ सय जनाले ज्यान गुमाएका थिए । त्यसको जवाफी कारबाहीमा इजरायलले सुरू गरेको आक्रमणमा गाजामा ४० हजार ५ सय ३० जनाको ज्यान गइसकेको छ ।
सम्बन्धित खबर
अस्ट्रेलियामा आजदेखि १६ वर्षमुनिका बालबालिकाका लागि सामाजिक सञ्जाल प्रतिबन्ध
अमेरिकामा जन्मेकै आधारमा नागरिकता दिने कि नदिने ? सर्वोच्चमा यस वर्ष दोस्रोपटक मुद्दा
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
ब्राजिलका पूर्वराष्ट्रपतिलाई २७ वर्ष जेल
बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसिनालाई मृत्युदण्ड सजाय
अमेरिकाले सुगर, क्यान्सर र मोटोपना भएका बिरामीलाई भिसा नदिने
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?