गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक वसन्तबहादुर कुँवरले प्रहरी समायोजनबारे दिएको अभिव्यक्तिलाई लिएर उनको जिब्रो थुत्नुपर्ने भनी अभिव्यक्ति दिएका सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वीसुब्बा गुरुङलाई प्रधानमन्त्री केपी शर्मा ओलीले सचेत गराएका छन् ।
आफूलाई सचेत गराएको खुलासा स्वयं सञ्चारमन्त्री गुरुङले गरेका हुन् । राष्ट्रिय समाचार समितिद्वारा २४ घण्टा समाचार सेवा आरम्भका अवसरमा सोमबार आयोजित कार्यक्रममा मन्त्री गुरुङले आफूलाई त्यस्तो शब्द नबोल्न प्रधानमन्त्री ओलीले सचेत गराएको र आफू पनि सचेत भएको जानकारी दिए ।
कार्यक्रममा बोल्दै गुरुङले ओलीसँग विविध विषयमा कुरा हुने क्रममा अन्त्यमा जिब्रो थुत्नुपर्ने भनी दिएको अभिव्यक्तिबारे कुरा भएको बताए । ‘उहाँले त्यस शब्द कुन सन्दर्भमा भन्नुभयो भनेर सोध्नुभयो, मैले त्यसबारे बताए । अनि तपाईंले भनेको त ठिकै हो । तर तपाईं जिम्मेवार र सरकारको प्रवक्ता समेत रहेकाले बोल्दा अबदेखि त्यस्ता शब्द नबोल्नु होला र लामो पनि नबोल्नु होला भनेर सचेत गराउनुभयो । मैले सचेत भए भनेको छु’ गुरुङले भने ।
गुरुङले शनिवार पोखरामा आयोजित पत्रकार भेटमा प्रहरी महानिरीक्षकले प्रहरी समायोजनमा असहयोग गरेको आरोप लगाएका थिए । उनले वर्तमान प्रहरी महानिरीक्षकले प्रहरी समायोजनसम्बन्धी कानुन आए मान्दिनँ भनेको आफैँले कतै सुनेको भन्दै मन्त्री गुरुङले आक्रोश पोखेका थिए।
‘अहिले प्रहरीको आइजिपीले के भन्नु भो , म यो कानुन लागू नै गर्दिनँ भन्नुहुन्छ । त्यस्तो बोल्न पाउने कि नपाउने ? त्यसको जिब्रो थुत्नुपर्थ्यो, मैले भन्दाखेरी । सरकारको नीतिको, व्यवस्थाको विरुद्धमा एउटा संस्थाको प्रमुखले बोल्न पाउँदैन नि । प्रहरी ऐन ल्याउँदै ल्याउँदिन भन्ने टाइपको बोल्यो रे भन्ने सुनेको मैले । सङ्घीय प्रहरी ऐन सङ्घीय सापेक्ष कानुनअनुसार ल्याउनुपर्छ । हामी त्यो प्रक्रिया अगाडि बढाउँछौँ,’ गुरुङले भनेका थिए ।
सङ्घीय प्रहरी ऐन लागू गर्दिनँ भनेर प्रहरी प्रमुखले भनेको भन्दै उनको जिब्रो थुत्नुपर्ने गुरुङको भनाई छ । गुरुङले सोमबार पनि निजामती ऐनको कर्मचारीबाट र प्रहरी ऐनको प्रहरीबाट विरोध भइरहनु जायज नभएको तर्क गरे ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान