पोखरा वडा नं. १५ नयाँ गाउँमा अवस्थित आइएसएमटी कलेज पोखरामा रमाइलो दशैं फेस्ट आयोजना गरिएको छ ।
नेपालीहरुको महान पर्व बडादशैंको अवसरमा कलेजले विद्यार्थीलाई मनोरञ्जन दिने उद्देश्यले ‘आइएसएमटी दशैं फेस्ट’ गरेको हो ।

दि जुकबक्स ब्याण्डको विशेष प्रस्तुती रहेको फेस्टमा विद्यार्थीहरुले पनि आफ्ना प्रस्तुती राखे । फुड, म्युजिक, ड्रिन्क्स र डान्स थिममा कलेजले यो कार्यक्रम राखेको हो ।
कलेज परिसरमा बुधबार अपरान्ह ४ बजेदेखि चलेको फेस्टमा विद्यार्थीहरुले खुलेर मज्जा लिए ।

पोखरा महानगरपालिका वडा नं. १५ का अध्यक्ष तोरणबहादुर बानियाँले पढाईसँगै मनोरञ्जन पनि आवश्यक रहेको उल्लेख गरे । उनले यस कलेज वडाको चिनारीका रुपमा रहेको बताउँदै समसामयिक शिक्षा प्रदान गर्नुका साथै यहाँबाटै बेलायतको विश्वविद्यालयको प्रमाणपत्र पाउने अवसर सिर्जना गरेकोमा आभार व्यक्त गरे ।

आइएसएमटी कलेज पोखराका अपरेशन म्यानेजर शिव पौडेलका अनुसार अवसरमा कलेज प्रशासन, प्राध्यापक, विद्यार्थी कर्मचारीबीच शुभकामना आदानप्रदान गर्ने हेतु पनि यस कार्यक्रम आयोजना गरिएको हो ।

आइएसएमटी कलेज पोखरा बेलायतको प्रख्यात शैक्षिक संस्था युनिर्भसिटी अफ सन्डरल्याण्डबाट सम्बन्धन प्राप्त शिक्षण संस्था हो ।
आइएसएमटी ग्रुप अन्तर्गत नेपालका प्रमुख शहरहरु पोखरा लगायत काठमाडौँ, चितवन, विराटनगर र बुटवलमा पनि कलेजहरु सञ्चालनमा रहेका छन् ।

कलेजप्रति विद्यार्थीको आकर्षण बढ्दो छ । नेपालमा अन्तर्राष्ट्रिय मान्यता प्राप्त गुणस्तरीय शिक्षाको सपना साकार पार्ने कार्यमा आइएसएमटी कलेज पोखरा प्रतिबद्ध रहेको कलेजले जनाएको छ ।


सम्बन्धित खबर
मापदण्डविपरीत निर्दयी ढंगले चौपाया ढुवानी गर्ने एक जना पक्राउ
गण्डकी प्रदेशद्वारा ६ साहसी आरोही सम्मानित
सरकारद्वारा जारी नियमावलीप्रति इक्यान कास्कीको गम्भीर आपत्ति, तत्काल फिर्ता लिन माग
मापदण्डविपरीत चौपाया ढुवानी गर्ने एक जना पक्राउ
नक्कली शैक्षिक प्रमाणपत्र प्रयोगको आरोपमा अर्जुनचौपारीका कर्मचारीविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकी र मधेशका प्रदेश प्रमुखबीच पोखरामा भेटवार्ता
यो पनि पढौँ
सरकार पक्षले बलजफ्ती शव बुझ्न दबाब दिएपछि गणेश नेपालीका बुबाले गरे आत्महत्याको प्रयास
बालेनले नै मेयर हुँदा २ वर्ष अघि तोकेका थिए चर्को जरिवाना
पीसीएमको ‘एनुअल फेस्ट–२०२६’ सम्पन्न, सांगीतिक कार्यक्रमदेखि प्रविधि र उद्यमसम्मको आकर्षण
काठमाडौंमा आत्मदाह प्रयास गरेका आश्विन राउतको उपचारकै क्रममा निधन