राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य गणेश कार्कीले नयाँ पार्टीको रूपमा चुकेको बताउँदै माफी मागेका छन्।
शनिबार सामाजिक सञ्जालमा लेख्दै उनले नेकपा एमालेले कोशीका निवर्तमान आन्तरिक मामिला तथा कानुन मन्त्री लिलाबल्लभ अधिकारीलाई कारबाही गरेकोमा स्वागत गरेका छन्। त्यससँगै रास्वपा नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा चुकेको बताएका हुन्।
‘नयाँ पार्टीका रूपमा, नयाँ नेताका रूपमा, नयाँ पार्टी र नेताले बनाउनु पर्ने नयाँ छवि, हुर्काउनु पर्ने नयाँ प्रवृति र देखाउनु पर्ने पारदर्शी चरित्रका रूपमा हामी चुकेका छौं। मेरो भागमा पर्ने गल्ती, मौनताका लागि सार्वजनिक रूपमा माफी माग्छु,’ उनले लेखेका छन्।
यस्तै, कार्कीले लिलाबल्लभ अधिकारीलाई पार्टीले कारबाही गरेको भएपनि अगाडि हुने कारबाहीको निष्पक्षताबारे पनि हेरिरहने बताएका हुन्।
‘जापानले मन्त्रीसहित सबैलाई फिर्ता गराएको भन्ने सार्वजनिक भएपछि कोशी प्रदेशका मन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारीलाई एमालेले पार्टीबाट निलम्बन गरेको छ। उनीमाथि छानविनका लागि अनुरोध गरेको छ,’ उनले लेखेका छन्, ‘यतिसम्म भए पनि एमालेले गरेको कुरा सह्राननीय छ। अगाडिको कारबाही निष्पक्ष हुन्छ कि हुन्न हामी हेरिरहेका छौं।’
कोशी प्रदेश सांसद लिलाबल्लभ अधिकारी काठमाडौंबाट कात्तिक ११ गते काठमाडौंबाट जापानका लागि उडेका थिए। उनीसँगै तीन जना व्यक्तिहरू पनि जापान पुगेका थिए।
तीन जनासँग मन्त्रालय र गाउँपालिकाको नक्कली परिचयपत्र भेटिएको थियो। जापानको अध्यागमनले चारै जनालाई डिपोर्ट गरेको थियो।
कात्तिक १४ गते काठमाडौं फर्किएपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले तीन जनालाई पक्राउ गरेको थियो। उनीहरूमाथि सोधपुछ गरेपछि १० देखि १३ लाखसम्म रकम बुझाएर गएको बताएपछि थप ३ जनालाई पक्राउ गरेको थियो।
अहिले जिल्ला प्रहरी परिसर काठमाडौंले ६ जनालाई हिरासतमा राखेर किर्ते कसुरमा अनुसन्धान गरिरहेको छ।
नेकपा एमालेले आफ्ना सचिव टोपबहादुर रायमाझीलाई नक्कली भुटानी शरणार्थी काण्डमा मुछिएपछि निलम्वन गरेको थियो। जबकि काँग्रेसले बालकृष्ण खाँडलाई कुनै कारबाही गरेको थिएन ।
रायमाझी अझैपनि जेलमै छन् ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह