काठमाडौँ – मानव तस्करीको अभियोगमा पक्राउ परेका कोशी प्रदेशका निवर्तमान आन्तरिक मामिलामन्त्री लिला वल्लवभ अधिकारीलाई एमालेले संसदीय दलले प्रष्टिकरण सोधेको छ।
आइतबार उनलाई पक्राउ गर्नुअघि कोशी प्रदेशसभा एमाले संसदीय दलले उनलाई २४ घण्टाभित्र जापानमा तीनलाई लगेर छाड्न लागेको विषयमा प्रष्टिकरण पेश गर्न निर्देशन दिएको हो।
एमाले संसदीय दलका प्रमुख सचेक रेवतरमण भण्डारीले अधिकारीलाई दिउँसो १ बजे २४ घण्टाको समय दिएर प्रष्टिकरण सोधिएको जानकारी दिए।
सोमबार दिउँसो १ बजेसम्म प्रष्टिकरणको जवाफ आउने र चित्तबुझ्दो नभए उनलाई संसदीय दलको सदस्यबाट निलम्बन गर्ने तयारी एमालेले गरेको छ।
उनलाई आइतबार दिउँसो प्रहरीले निवासबाटै पक्राउ गरेर अनुसन्धानका लागि काठमाडौँ ल्याएको छ। कोशी प्रदेशसभा नियमावलीअनुसार प्रहरीले नियन्त्रणमा लिएसँगै उनको सांसद पद स्वतः निलम्बनमा परेको प्रमुख सचेतक भण्डारीले जानकारी दिए।
मानव तस्कर गिरोहसँग मिलेर तीन युवालाई जनही १० देखि १३ लाख असुल गरी अधिकारीले जापान लगेको आरोप छ । विमानस्थलमा मानव तस्करी गर्न लागेको खुलेपछि अधिकारीसहित चार जनालाई टोकियो विमानस्थल अध्यागमन कार्यालयले कात्तिक १४ गते डिपोट गरेको थियो।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह