जोमसोम । नेपाल भ्रमण रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले शनिबार बिहान मुक्तिनाथको दर्शन गरेका छन् ।
नेपाली सेनाको हेलिकोप्टर मार्फत् मुस्ताङ आएका भारतीय स्थल सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथमा १०८ धारामा जलसेचन गरी मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् ।
भारतीय सेनाध्यक्ष द्विवेदी मुक्तिनाथ दर्शन गर्ने उद्देश्यले नेपाली सेनाको हेलिकोप्टर मार्फत् शनिबार बिहान ८ः४० बजे मुक्तिनाथ हेलिप्याडमा अवतरण गरेका थिए । सेनाध्यक्षको मुक्तिनाथ भ्रमण दलमा ४ जना महिला पनि समावेश थिए ।
भारतीय स्थल सेनाध्यक्ष द्विवेदीलाई मुस्ताङको जोमसोमस्थित नारायण दल गणका गणपति प्रमुख सेनानी लेखनाथ कटुवाल र सैनिक उच्चशिखर शिक्षालयका महासेनानी खेमराज शर्माले मुक्तिनाथमा स्वागत गरेका थिए ।
सेनाध्यक्ष द्विवेदीले मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किएको शैनिक जनसम्पर्क निर्देशानालयले पुष्टि गरेके छ । निर्देशानालयले भारतीय स्थल सेनाध्यक्ष द्विवेदीको मुक्तिनाथ भ्रमण नितान्त व्यक्तिगत रहेको बताएको छ ।
द्विवेदीले अरु सामान्य नागरिक जस्तै मुक्तिनाथ मन्दिरको दर्शन गरेका हुन् । मुक्तिनाथमा उनको सुरक्षार्थ नेपाली सेनासहित नेपाल प्रहरी र सशस्त्र प्रहरीका सुरक्षाकर्मी खटिएका थिए ।
मुक्तिनाथ मन्दिर स्थित १०८ धाराको जल शीरमा जलसेचन गरेका स्थल सेनाध्यक्ष द्विवेदीले चिसो महसुस गरेका थिए । हिउँदयाममा मुस्ताङको मौसम अत्यधिक चिसो हुन्छ । मुक्तिनाथ परिसरमा उनले १ घण्टा ५० मिनेट बिताएका थिए ।
सम्बन्धित खबर
चिसो बढेसँगै अपर मुस्ताङको जनजीवन प्रभावित, अधिकांश होटल बन्द
माथिल्लो मुस्ताङ जान विदेशीलाई दैनिक ५० डलर शुल्क लिने सरकारको निर्णय
मुस्ताङ घुम्न गएका तीर्थालुको लेक लागेर मृत्यु
मुस्ताङका उच्च हिमाली पदमार्गमा बुधबारसम्म यात्रा नगर्न प्रशासनको आग्रह
अन्नपूर्ण ट्रेक र मुस्ताङमा पर्यटकको लर्को
बागलुङमा मुस्ताङी च्याङ्ग्राको आयातमा कमी
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
प्रतिभा माविमा गणित हाजिरीजवाफ
जसले संसद भवन जलायो, रास्वपाले मोरङ–२ मा उसैलाई उम्मेदवार बनायो
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ