नेपाल जेसीजको राष्ट्रिय अध्यक्षमा रजनी थापा निर्वाचित भएकी छन्।
इटहरीमा पुस ६ गतेदेखि पुस ८ गतेसम्म चलेको ५१ औं महाधिवेशनबाट सन् २०२५ का लागि थापा अध्यक्षमा विजयी भएकी हुन्।
अध्यक्षमा थापाले ७६२ मत ल्याएर विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी जीवन कार्कीले ४५३ मत मात्रै ल्याएका छन्।
राष्ट्रिय अध्यक्षमा निर्वाचित भएकी थापा सन् २०१९ मा मनोहरा जेसीजको अध्यक्ष थिइन्। सन् २०२१ मा राष्ट्रिय उपाध्यक्ष र सन् २०२३ मा राष्ट्रिय कार्यकारिणी उपाध्यक्ष बनेकी थिइन्।
यस्तै राष्ट्रिय कार्यकारिणी उपाध्यक्षमा गणेश सापकोटा, एलिना महर्जन, कृष्ण सापकोटा र सौरभ श्रेष्ठ निर्वाचित भए। यस पदमा ८ जना उम्मेदवारबीच प्रतिस्पर्धा भएको थियो भने चार जना निर्वाचित भएका हुन्।
राष्ट्रिय उपाध्यक्ष १२ जना निर्वाचित भएका छन्।
सन्दीप खत्री, दीपक अधिकारी, धनराज कँडेल, सुजन थापा काजी, संगम कार्की, बविता पाण्डे, अभिषेक दुलाल, सुमित्रा भट्टराई, उज्ज्वल काबरा, सुवास गौतम, राघव कोइराला र मनिप्रसाद अर्याल निर्वाचित भएका हुन्।
महासचिव, कोषाध्यक्षलगायत पद भने मनोनीत हुने व्यवस्था छ। जेसीजमा १७८ शाखा छन् भने एक हजार दुई सयभन्दा बढी मतदाता थिए।
अध्यक्षमा निर्वाचित थापा २०७९ को स्थानीय तह निर्वाचनमा काठमाडौंको टोखा नगरपालिकाको मेयर पदमा पराजित भएकी थिइन्। उनी नेपाली कांग्रेसबाट उम्मेदवार थिइन्।
सम्बन्धित खबर
नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक अधिकारी र पूर्वनिर्देशक भण्डारी पक्राउ
मेयर बालेन शाहलाई पितृशोक
आठौँ सामाजिक सुरक्षा दिवसमा चरक मेमोरियल हस्पिटललाई सम्मान
केपी ओलीको भाषण हटाउन मिडियालाई पत्र काटेकोमा आपत्ति
१४५ विद्यार्थीलाई न्यानो कपडा वितरण
रेडियो अडियोका सञ्चालक दीपेन्द्र खनियाँ मृत फेला
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’