खोटाङ — माओवादीबाट साकेला गाउँपालिका–४ मात्तिमका वडाध्यक्षमा विजयी भएका अर्जुनकुमार कटवाललाई जानकारीबिनै अमेरिका बसेको भन्दै निलम्बन गरिएको छ । माओवादी केन्द्र कोशी प्रदेश समितिले खड्कालाई अनिश्चितकालका लागि निलम्बन गरेको हो ।
एक वर्षदेखि पार्टी र सम्बन्धित निकायलाई जानकारी नदिई अमेरिका बसेपछि पार्टीले फर्किएर कार्यभार सम्हाल्न आग्रह गर्दा समेत बेवास्ता गरेको भन्दै प्रदेश समितिले निलम्बन गरेको माओवादी केन्द्र खोटाङका संयोजक दीपक पाण्डेले बताए । २०८० माघ १७ गतेदेखि जानकारीबिनै अमेरिका बसेको र जनताको काममा समस्या भएको भन्दै कारबाहीका लागि माओवादी केन्द्र साकेला गाउँपालिका कार्यसमितिले गत पुस–११ गते सिफारिस गरेको पाण्डेले बताए ।
वडाध्यक्ष अनुपस्थित हुादा जनताले पाउने सेवा, सुविधा, विकास निर्माण लगायतका सम्पूर्ण सेवा प्रभावित भएको भन्दै स्थानीयले आन्दोलन गर्दै आएका थिए । भ्रमणमा अमेरिका छिरेका कटवाल नफर्केपछि मात्तिमका पूर्ववडाध्यक्ष कृष्णप्रसाद भट्टराईको संयोजकत्वमा गठित सर्वदलीय/सर्वपक्षीय समितिले तत्काल समस्या समाधान गर्न माग गर्दै गत कात्तिकमा वडा कार्यालयमा तालाबन्दी समेत गरेका थिए ।
कटवाल २०७९ सालमा पनि साढे दुई महिना अमेरिका बसेर फर्किएका थिए । त्यसबेला कटवालले वडा सदस्यलाई कार्यवाहक तोकेर गएका थिए ।
सम्बन्धित खबर
दल र उम्मेदवारले २५ हजारभन्दा बढी नगद सहयोग लिन नपाइने, पुराना खाताको रकम नयाँमा सार्नुपर्ने
लोकतान्त्रिक अभ्यासलाई सुदृढ गर्न आगामी निर्वाचन महत्त्वपूर्ण: उपराष्ट्रपति
जनताको साथ रहेसम्म एमालेलाई कसैले हराउन सक्दैन: ओली
संसद पुनर्स्थापनाको विषयमा सर्वोच्च भाग्न पाउँदैन: महेश बस्नेत
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
यो पनि पढौँ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
चुनावी तालमेल गर्न प्रचण्ड माधवलाई ओलीको प्रस्ताव
बालेनसँगै चुनावी अभियानमा हिँडेका पत्रकार सिटौला अछाममा बेहोस, सेनाको हेलिकप्टर पठाइयो