पोखरा । इञ्जिनियरिङ अध्ययन संस्थान, पश्चिमाञ्चल क्याम्पस, लामाचौर पोखराको स्ववियु नेतृत्वका लागि नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी)बाट आदर्श महत क्षेत्रीको नेतृत्वमा टीम चुनावी मैदानमा उत्रिएको छ ।
सिभिल ०७८ ब्याचका आदर्श महत क्षेत्री अध्यक्षको उम्मेदवार रहेका छन् । सचिवमा हरिकृष्ण खड्का, कोषाध्यक्षमा शसिस सापकोटा उम्मेदवार छन् ।
प्रत्यक्ष सदस्यतर्फ सन्दीप शाही, भुवनसिंह ठकुरी, भुवन आचार्य उपाध्याय, नागेन्द्र मण्डल, निकिता पाठक, विजय पाठक र निर्मल पाठक उम्मेदवार छन् ।
डब्लूआरसी निर्माणको भारी, बोक्छ अखिल क्रान्तिकारी मूल नाराका साथ क्रान्तिकारी विद्यार्थीहरु चुनावमा होमिएका छन् ।
अध्यक्षका उम्मेद्वार क्षेत्रीले इञ्जिनियरिङ क्याम्पसमा विद्यार्थीको हकहितको मुद्धा अखिल क्रान्तिकारीको नेतृत्वमा मात्र सम्भव रहेको दाबी गरे ।
उनले भने – ‘हाम्रो संगठनले क्याम्पसमा विद्यार्थीको हक हितको लागि उदाहरणीय कामहरू गर्दै आएको छ । सेनिटरी प्याड भेन्डिङ मेसिन डिस्पोजल मेसिनका साथै अखिल क्रान्तिकारी पुस्तकालयको स्थापना गरेका छौँ ।
२०७३ सालमा भएको स्ववियु निर्वाचन पछि डब्लूआरसीमा निर्वाचन भएको छैन ।

सम्बन्धित खबर
वर्षाका कारण कालीगण्डकी गोल्डकप स्थगित, दुई दिनपछि हुने
स्याङ्जामा ६४ वर्षीय पुरुष मृत फेला
स्याङ्जामा तीन महिनामा ट्राफिक कारबाहीबाट २८ लाख राजस्व
पढाइसँगै खेतीपातीमा रमाउँदै प्रद्युम्न पनेरू माविका विद्यार्थी
स्याङ्जामा सशस्त्र प्रहरीले ग्यास सेल फायरिङ अभ्यास गर्ने
चक्रवातको प्रभाव पर्ने भएपछि स्याङ्जामा उच्च सतर्कता अपनाउन आग्रह
यो पनि पढौँ
पोखरामा स्कुटर दुर्घटना हुँदा कुँवरको मृत्यु
आईजीपी कार्कीलाई राजीनामा दिन प्रधानमन्त्री बालेन टीमको दबाब !
जीर्ण पोल र गुजुल्टिएका तार हटाएपछि फर्कियो पोखराको सौन्दर्य
गुल्मीमा जिप दुर्घटना हुँदा ६ जनाको मृत्यु, ३ जना घाइते