मकवानपुर । हेटौंडामा शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको फोटो जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन केन्द्रीय समितिका सचिव निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ ।
भरतपुर विमानस्थलबाट काठमाडौं जान लागेका बमलाई चितवन प्रहरीले आइतबार पक्राउ गरेको हो ।
बमलाई प्रहरीले जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लगिएकोछ । बमविरुद्ध कसले उजुरी गर्यो भन्ने प्रहरीले खुलाएको छैन । मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक श्यामु अर्यालले बमलाई चितवनमा पक्राउ गरिएको पुष्टि गरेका छन् ।
पूर्वप्रधानमन्त्रीको फोटो जलाउने कार्य गलत र आपराधिक क्रियाकलाप भएकाले पक्राउ गरिएको प्रवक्ता अर्यालको भनाइ छ । राष्ट्रिय प्रजातान्त्रिक युवा संगठन मकवानपुरको अधिवेशनको उद्घाटन कार्यक्रममा शनिबार हेटौंडामा संघीय सांसद दीपकबहादुर सिंहको उपस्थिति रहेको कार्यक्रममा बमले पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालको फोटो जलाएका थिए ।
बमलाई पक्राउ गरिएको विरोधमा राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनले विज्ञप्ति जारी गरेको छ । संगठनका सयोजक सुजित केसीले विज्ञप्ति जारी गर्दै बमलाई पक्राउ गरेर सरकारले नागरिकको वैयक्तिक स्वतन्त्रतालाई अवरोध गरेको आरोप लगाएको छ ।
सम्बन्धित खबर
सुदनले अन्तिम विकल्प संसद पुनर्स्थापना हुनसक्छ भनेपछि जेनजीहरू त्रसित
पोखरा विमानस्थलका आयोजना प्रमुख बिनेश मुनंकर्मीविरुद्ध साढे २ करोडको भ्रष्टाचार मुद्दा
प्रतिनिधिसभा पुनर्स्थापना माग्दै कांग्रेस सांसदले दायर गरेको रिटमाथि सुनुवाइ हुँदै
राहदानी दुरुपयोगसम्बन्धी रवि लामिछानेविरुद्धको मुद्दामा सुनुवाइ स्थगित
एमालेको मतदानमा प्यानलको लिस्ट लान पाइने, मोबाइल लान नपाइने
एमाले महाधिवेशन : मतदान जारी, लामबद्ध प्रतिनिधि
यो पनि पढौँ
पोखरा रंगशालामा पनि फ्लडलाइट जडान गरिनेछः कुलमान घिसिङ
पोखरेललाई फकाउँदै ओली- घच्चमच्च भएको भए सरी, विरोधीले लखेटेका बेला साथ खोजेको हुँ
एमालेका युवराज र अष्टलक्ष्मीसहित तीन शीर्ष नेताले सक्रिय राजनीति छाडे
नवनियुक्त ४ मन्त्रीले लिए शपथ, को हुन् नयाँ मन्त्री?