नेकपा (एमाले) प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन्। उनले शुक्रबार प्रचार सचिवबाट राजीनामा दिएका हुन्।
एमाले सचिवालयको ४५ औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो। तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका छन्।
महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् । उनी १० वर्षदेखि चौतारीको उपाध्यक्ष छन्।
‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि (दुई कार्यकाल) केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा भनेका छन्।

पार्टी केन्द्रीय सचिवालयको फागुन १८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।
प्रेस चौतारीको १० औं अधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुँदैछ। शुक्रबार नै प्रेस चौतारी अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन्। राई हाल संगठनका उपाध्यक्ष रहेका छन् । राई र पाण्डे अघिल्लो पटक नै अध्यक्ष पदका आकांक्षी रहेका थिए । तर गणेश बस्नेत नै अध्यक्ष दोहोरिएपछि दुवै जना उपाध्यक्ष बसेका थिए ।
एमाले स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउने बचन दिएसँगै पाण्डेले विभागको सचिवबाट राजीनामा दिएका हुन् । ओलीले आफूलाई प्राप्त रिपोर्टिङका आधारमा पाण्डेलाई प्रचार विभाग सचिव नियुक्त गर्ने निर्णय अगाडि बढाएका थिए ।
चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पंक्तिमा राजेश राई नै अध्यक्ष बन्ने सन्देश गएको थियो । प्रमुख पदमा दोहोरो भूमिका लिन नहुने एमालेको वैधानिक व्यवस्था छ । अरु दुई उपाध्यक्ष सविन प्रियासन पत्रकार महासंघ सचिव र देविका घर्तिमगर केन्द्रीय सदस्य छन् । महासचिव हिरामान लामा र राईबीच राई सिनियर भएकाले उनलाई अध्यक्ष मानेर संगठनमा रहन लामा तयार रहेको स्वयं राइले फेसबुकमै लेखेका छन् ।
अब, पाण्डेकाे प्रचार विभाग सचिव पदबाट राजीनामासँगै १० वर्षदेखि उपाध्यक्ष रहेका पाण्डे नै अध्यक्षका प्रमुख दाबेदार हुन् । एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई अध्यक्ष ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन भनेको श्रोत बताउँछ ।
सम्बन्धित खबर
नेपालले पर्यटनबाट लाभ लिन पहिले त राजनीति नै ठीक हुनुपर्छः वीरेन्द्र बहादुर बस्नेत
लाभका पदमा बसेर पार्टीलाई लेबी नतिरे कांग्रेसबाट उम्मेदवार बन्न नपाइने, ३ नाम मात्र सिफारिस गर्न पाइने
हर्क साम्पाङको पार्टीको सिद्धान्त – जेनजी पुस्तालाई हप्तामा तीन दिन मात्र पढ्न दिने
निकट सात भाइलाई देउवाको सन्देश- महाधिवेशन हुन्छ, नेतृत्वका लागि एक जनाको नाम टुंगो लगाउनुस्
‘विदेशमा रहेका नेपालीलाई मतदान र अन्तर–निर्वाचन क्षेत्र मतदानको व्यवस्था गर्न नसकिने’
प्रत्येक वर्ष भदौ २३ गते ‘जेन-जी सहिद दिवस’ मनाउने सरकारको निर्णय
यो पनि पढौँ
पोखराका मेयरको घरमा आगजनी र लुटपाट गर्ने रास्वपाका वडा सभापतिसहित ४ जना कारागार चलान
कास्कीका प्रमोद ढकाललाई यौन दुरुपयोग गरेको अभियोगमा बेलायतमा २५ वर्षको जेल सजाय
प्रेमीको हत्या गरेपछि २० वर्षीया युवतीले गरिन् शवसँग बिहे
एभरग्रीन एकेडेमीका विद्यार्थीले प्रस्तुत गरे ‘कल्चरल शो’