नेकपा (एमाले) प्रचार विभाग सचिव गणेश पाण्डेले राजीनामा दिएका छन्। उनले शुक्रबार प्रचार सचिवबाट राजीनामा दिएका हुन्।
एमाले सचिवालयको ४५ औं बैठकले पाण्डेलाई प्रचार विभाग सचिवमा मनोनीत गरेको थियो। तर, प्रेस चौतारी अध्यक्षको दाबेदार रहेको भन्दै पाण्डेले प्रचार विभाग सचिवमा बस्न अस्वीकार गरेका छन्।
महासचिव शंकर पोखरेललाई सम्बोधन गरेर बुझाएको राजीनामा पत्रमा आफू प्रेस चौतारीको आसन्न १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसाय रहेको उल्लेख गरेका छन् । उनी १० वर्षदेखि चौतारीको उपाध्यक्ष छन्।
‘म प्रेस चौतारी नेपालको झन्डै १० वर्षदेखि (दुई कार्यकाल) केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेको र प्रेस चौतारी नेपालको आगामी १०औं राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पदको दाबेदार रहेका कारण दोहोरो जिम्मेवारीमा नरहने मनसायका साथ मैले विभागको सचिव पदबाट राजीनामा दिने निर्णय गरेको छु,’ उनले राजीनामा पत्रमा भनेका छन्।

पार्टी केन्द्रीय सचिवालयको फागुन १८ गतेको बैठकले उनलाई सचिवमा मनोनीत गरेको थियो । गत चैत ३ गते उनले शपथ लिएका थिए ।
प्रेस चौतारीको १० औं अधिवेशन चैत १० देखि १२ गतेसम्म विराटनगरमा हुँदैछ। शुक्रबार नै प्रेस चौतारी अध्यक्ष पदमा राजेश राईले पनि उम्मेदवारी घोषणा गरेका छन्। राई हाल संगठनका उपाध्यक्ष रहेका छन् । राई र पाण्डे अघिल्लो पटक नै अध्यक्ष पदका आकांक्षी रहेका थिए । तर गणेश बस्नेत नै अध्यक्ष दोहोरिएपछि दुवै जना उपाध्यक्ष बसेका थिए ।
एमाले स्रोतका अनुसार एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यक्ष बनाउने बचन दिएसँगै पाण्डेले विभागको सचिवबाट राजीनामा दिएका हुन् । ओलीले आफूलाई प्राप्त रिपोर्टिङका आधारमा पाण्डेलाई प्रचार विभाग सचिव नियुक्त गर्ने निर्णय अगाडि बढाएका थिए ।
चौतारीका उपाध्यक्ष पाण्डेलाई प्रचार विभाग सचिव बनाउँदा प्रेस चौतारी र एमाले पंक्तिमा राजेश राई नै अध्यक्ष बन्ने सन्देश गएको थियो । प्रमुख पदमा दोहोरो भूमिका लिन नहुने एमालेको वैधानिक व्यवस्था छ । अरु दुई उपाध्यक्ष सविन प्रियासन पत्रकार महासंघ सचिव र देविका घर्तिमगर केन्द्रीय सदस्य छन् । महासचिव हिरामान लामा र राईबीच राई सिनियर भएकाले उनलाई अध्यक्ष मानेर संगठनमा रहन लामा तयार रहेको स्वयं राइले फेसबुकमै लेखेका छन् ।
अब, पाण्डेकाे प्रचार विभाग सचिव पदबाट राजीनामासँगै १० वर्षदेखि उपाध्यक्ष रहेका पाण्डे नै अध्यक्षका प्रमुख दाबेदार हुन् । एमाले जनसंगठन समन्वय संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार विभाग प्रमुख राजेन्द्र गौतम र प्रेस चौतारीका अध्यक्ष गणेश बस्नेतलाई अध्यक्ष ओलीले पाण्डेलाई नै अध्यक्ष बनाउन भनेको श्रोत बताउँछ ।
सम्बन्धित खबर
मैले चुनाव हार्नुपर्ने कारण छैन, लमजुङबाट चुनाव जितेरै आउँछु : पृथ्वीसुब्बा गुरुङ
संसद पुनर्स्थापनाको चलखेल भइरहेको रवि लामिछानेको दाबी
सामाजिक सञ्जाल नियमनसम्बन्धी विधेयक संसदबाट फिर्ता लिन सरकारको निर्णय
सिंहदरबार पुग्न होइन, सिंहदरबार बदल्न घण्टीमा भोट माग्दैछुः रवि लामिछाने
मौसमले साथ नदिए हिमाली जिल्लामा दोस्रो चरणमा निर्वाचन : प्रधानमन्त्री
बालेनलाई निर्वाचन आयोगले सोध्यो दोस्रोपटक स्पष्टीकरण
यो पनि पढौँ
स्याङ्जाको बैंकमा सुरक्षा गार्डमाथि चक्कु प्रहार, एक युवक पक्राउ
कान चुँडाएर सुन लुट्ने गिरोह पक्राउ, मुख्य नाइके जेन-जी आन्दोलनमा हिरासतबाट भागेका तामाङ
सुनकाे मूल्य आज घट्यो
बाहिरियो वर्षा र हिमपात गराउने प्रणाली, यस्तो छ आगामी मौसम पूर्वानुमान