प्रेस चाैतारी महाधिवेशन: निर्वाचनकाे पक्षमा धमाधम हस्ताक्षर अभियान

नेतृत्व चयन

प्रेस चाैतारी महाधिवेशन: निर्वाचनकाे पक्षमा धमाधम हस्ताक्षर अभियान

अध्यक्षबाट ब्याक हट्न राईलाई नेताको निर्देशन

Press_ChautariNepal- hastachher

विराटनगर । सत्तारुढ नेकपा (एमाले) निकट पत्रकारहरूको सङ्गठन प्रेस चौतारीमा विवाद देखिएको छ । विराटनगरमा आजदेखि सुरु भएको दसौँ राष्ट्रिय महाधिवेशनमा नयाँ नेतृत्व चयन गर्ने प्रक्रियामै विवाद भएको हो ।

महाधिवेशन लोकतान्त्रिक पद्धतिअन्तर्गत निर्वाचनमार्फत सम्पन्न गराउन भन्दै हस्ताक्षर अभियात सुरु भएको छ ।

आइतबार कोशी प्रदेश राजधानी विराटनगरमा उद्घाटनपछि बन्दसत्र सुरु हुनुअघि सहभागी प्रतिनिधिहरुले नेतृत्व चयनका लागि चुनाव हुनुपर्ने मागसहित हस्ताक्षर अभियान चलाएका हुन् ।

पार्टीको निर्णय भन्दै केन्द्रीय कमिटीको नाम टाँस्ने केही नेताहरुले बताइरहेका बेला उपस्थित प्रतिनिधिहरुले त्यसलाई स्वीकार नगर्ने र लोकतान्त्रिक विधिबाट नै सार्वभौम प्रतिनिधिको स्वविवेकमार्फत नेतृत्व छान्न पाउनुपर्ने भन्दै अभियान चलाएका हुन् ।

चौतारीको अध्यक्षका लागि उपाध्यक्षद्वय गणेश पाण्डे र राजेश राईले उम्मेदवारी घाेषणा गरेका छन् । महाधिवेशस्थल विराटनगरका होटल मनास्लु इन परिसरमै ठुलो ब्यानरमा र लिखित कागजमै राई पक्षले हस्ताक्षर अभियान चलाइरहेका छन् ।

अध्यक्षबाट ब्याक हट्न राईलाई नेताको निर्देशन

महाधिवेशन उद्घाटनका क्रममा महासचिव शङ्कर पोखरेलले त सहमतिबाटै नेतृत्व चयन गर्न निर्देशनसमेत दिएका थिए । यसअघि चौतारीको महाधिवेशनमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी ओली आउने प्रचार गरिएको थियो । अन्तिम समयमा आफू नआएर ओलीले महासचिव पोखरेललाई पठाएर उनै मार्फत सहमतिमा नेतृत्व चयन गर्न दबाब पनि दिएको बताइएको छ ।

९औं महाधिवेशनमा राई र पाण्डे दुवै अध्यक्षको दाबेदार थिए । त्यसबेला गणेश बस्नेत नै दाहोरिएपछि राई र पाण्डे उपाध्यक्ष नै बसे । १०औं महाधिवेशनअघि पाण्डेलाई एमाले केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिवको जिम्मेवारी दिइएको थियो । तर, फागुन २८ गते सचिवमा मनोनीत भएका पाण्डेले चौतारीको अध्यक्ष उठ्ने भन्दै चैत ८ गते सचिवबाट राजीनामा दिए ।

ओलीले यसअघि नै उपाध्यक्ष गणेश पाण्डेलाई अध्यक्ष बनाउन निर्देशन दिएको सार्वजनिक भएको थियो । तर, अर्का उपाध्यक्ष राजेश राईले चुनावी प्रतिस्पर्धाबाटै छिनोफानो हुनुपर्ने भन्दै अध्यक्षमा दाबी गरिरहेका छन् ।

एमालेको जनसङ्गठन संयन्त्रका प्रमुख भानुभक्त ढकाल, प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतम, कोशी प्रदेश इन्चार्ज शेरधन राई र प्रदेश अध्यक्ष घनश्याम खतिवडाले सँगै राखेर अध्यक्षका आकाङ्क्षी राईलाई ब्याक हुन निर्देशन दिएका छन् । ‘तपाईं अध्यक्षबाट ब्याक हट्नुपर्‍यो । पार्टीको निर्णय मान्नु पर्‍यो,’ ढकालले राईलाई भनेका थिए । जवाफमा राईले ‘आफू पार्टीको निर्णय मान्न तयार भएको तर, सुरुको निर्णय कार्यान्वयन हुनुपर्ने’ भनेको स्रोतले दाबी गरेको छ । नेताहरूको टिमले भने निर्णय परिवर्तन भइरहने र पार्टीले परिवर्तन गरेको निर्णय पनि मान्नुपर्ने बताएका थिए ।

गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युब लगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।

प्रतिक्रिया

लेखकको बारेमा

गण्डक न्यूज

गण्डक न्यूज

गण्डक न्यूज डेस्क

भर्खरै

ट्रेन्डिङ


This will close in 4 seconds