काठमाडौं। राजा फर्काउने हिंसात्मक आन्दोलनको क्रममा भाटभटेनीमा भएको लुटपाटमा रक्सी चोरेको अभियोगमा राष्ट्रिय स्वतन्त्र पार्टीका (रास्वपा) का नेता पनि पक्राउ परेका छन्।
काठमाडौंको तीनकुनेमा राजावादीहरुले गरेको प्रदर्शनका क्रममा आपराधिक गतिविधि गरेको आरोपमा राष्ट्रिय स्वतन्त्र पार्टीका निर्वाचन क्षेत्र समिति खोटाङका संयाेजक समेत रहेका डा. राजकुमार राई पक्राउ परेका हुन्।
डा. राई राप्रपाका नेताहरुसँग पक्राउ परेका हुन् । प्रहरीले उनको गतिविधिलाई सिसी टिभीमा हेरेर पक्राउ गरेको हो। अमेरिकाबाट पिएचडी गरेका राई सिसिआरसी कलेजका निर्देशकसमेत रहेको बताइएको छ।
दुई जनाको ज्यान गएको प्रदर्शनमा प्रहरीले पक्राउ गरेका मध्ये ४१ जनालाई म्याद थप गरेर अनुसन्धान अगाडि बढाएपछि उनी पक्राउ परेको पत्ता लागेको थियो। खोटाङ रावाबेसी गाउँपालिका-१ घर भएका राईलाई थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले अनुमति लिइसकेको छ।
पहिलो पटक उनलाई ५ दिन र दोस्रो पटक ६ दिनको समय लिएर थुनामा राखेर अनुसन्धान गर्न प्रहरीले काठमाडौँ जिल्ला अदालतबाट अनुमति पाएको छ।
गएको पुस १३ गते राई खोटाङको रास्वपा जिल्ला अध्यक्षमा पराजित भएका थिए। उनी मुकुन्दकृष्ण थापासँग पराजित भएका थिए। रास्वपाले यस घटना बाहिरिएपछि उनी पार्टीको जिम्मेवारीमा नरहेको बताएको छ ।
सम्बन्धित खबर
नेपाललाई चीन विरुद्ध लड्न अमेरिकाले उपयोग गर्दैछः चित्रबहादुर केसी
नयाँ सरकारको पर्खाइमा सिंहदरबार, धमाधम तयार पारिँदै मन्त्रालयहरू
राइड सेयरिङका १ सय ७५ चालक प्रहरी कारबाहीमा
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
यो पनि पढौँ
पोखरामा गाडीको ठक्करबाट पैदलयात्रीको मृत्यु
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह