गण्डक न्यूज डटकम सन् २०१७ देखि सञ्चालित प्रेस काउन्सिलमा सूचीकृत र सूचना विभागमा दर्ता गरिएको गण्डक नेपाल मिडिया (प्रा.) लि. को अनलाइन न्यूज पोर्टल हो । मूख्यतः यस प्रदेशको गतिविधिमा केन्द्रित रही पोखराबाट सञ्चालनमा रहेको छ ।
गण्डक न्यूज ताजा र खोजमूलक समाचार, विचार, विश्लेषण र अन्तर्वार्ता निरन्तर सम्प्रेषण गरिरहेको छ । यो निरपेक्ष रुपमा निष्पक्षताको नारा दिएर अघि बढेको छ । ‘हामी कोहि एक्लैको होइनौं, हाम्रो कोहि एक मात्र छैन’ भन्ने मूलमन्त्र आत्मसात् गरी समाचार सम्प्रेषण गरिरहेको छ ।
काठमाडौं महानगरपालिकाका कर्मचारीहरू आन्दोलित बने । महानगरका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईलाई हाजिर गर्न दिनुपर्ने माग गर्दै उनीहरू आन्दोलित बनेका हुन्र ।
महानगरले भने प्रमुख प्रशासकीय अधिकृत गुरागाईलाई रोक्न उनको कक्षमा ठूलो संख्यामा नगर प्रहरी परिचालन गरेकोमा बाधा पन्छाउँदै हाजिर गराएरै छाडे ।
गुरागाई निलम्बनमा छन्। पुरानो बसपार्कमा काठमाडौं टावरको नक्सा नियमविरीत पास गर्ने प्रक्रिया अगाडि बढाएपछि गुरागाईंलाई महानगरले जिम्मेवारीबाट हटाएको थियो।
उनलाई निलम्बन गरेपछि महानगरले आफूलाई नयाँ प्रशासकीय अधिकृत दिन बारम्बार संघीय सरकारसँग माग गर्दै आएको छ। महानगरका मेयर बालेन शाहले नयाँ प्रशासकीय अधिकृत चाहियो भन्दै सामाजिक सञ्जालमा स्टाटस लेख्दै आएका छन्।
आन्दोलित कर्मचारीले भने बालेनले सामाजिक सञ्जालमा स्टाटस लेखेको भरमा महानगर नचल्ने चेतावनी दिएका छन्। महानगरका कर्मचारी नरबहादुर साउदले मेयर शाह कर्मचारीका समस्या समाधान गर्नु्को सट्टा सामाजिक सञ्जालमा स्टाटस लेख्दै हिँडेको आरोप लगाए। उनले भने,’मेयरसावले स्टाटस लेख्दैमा महानगर चल्दैन। समस्या समाधानतिर लाग्नुहोस्।’
कर्मचारीहरूले कार्यपालिकाका वडा अध्यक्ष, सदस्य र उपमेयर आफ्नो पक्षमा रहेको दावी गरेका छन्। लामो समयदेखि तलब नपाएपछि आन्दोलनमा उत्रिनु आफूहरूको बाध्यता रहेको उनीहरूको भनाइ छ।
प्रशासकीय अधिकृत निलम्बनमा परेपछि महानगरको काम कारवाही ठप्प भएको छ।
गण्डकी प्रदेशको अग्रणी अनलाइन गण्डक न्यूज विभिन्न प्लाटफर्ममा उपलब्ध छन्। सामाजिक सञ्जालहरूमा हाम्रो च्यानल सब्स्क्राइब गर्न यहाँ क्लिक गर्नुहोस्। जहाँ तपाईँ फेसबुक, ट्विटर, इन्स्टाग्राम, यूट्युबलगायतमा पनि हाम्रा सामाग्री हेर्न सक्नुहुन्छ। नयाँ खबर थाहा पाउनका लागि गण्डक न्यूज र हाम्रो अर्को आधिकारिक वेबसाइट गण्डकी न्यूज भिजिट गर्दै गर्नुहोला। साथै, माथि समाचार पढेपछि तपाईँको प्रतिक्रिया के छ? व्यक्त गर्नुहोला।
सम्बन्धित खबर
प्रधानमन्त्रीमा बालेनको शपथ शीतल निवासमै हुने, राष्ट्रपति कार्यालयले थाल्यो तयारी
‘मुस्लिम समुदायको सशक्तिकरणका लागि थप प्रभावकारी कार्यक्रम आवश्यक’
कांग्रेसमा समानान्तर गतिविधि सुरू, खड्का-कोइराला समूहले पूरानै ‘केन्द्रीय समिति’ बैठक बोलाउने
राष्ट्रिय मान्यता पाउने ६ दलमध्ये श्रम संस्कृति र राप्रपाले प्रमुख सचेतकको सुविधा नपाउने
काँग्रेसका केसीको शपथ भोलि, अन्य सांसदहरूलाई केसीले विहीबार शपथ गराउने
राष्ट्रिय परिचयपत्र बनाउन अब फाराम भर्नु नपर्ने
यो पनि पढौँ
रास्वपाका नवनिर्वाचित दुई सांसदविरुद्ध सर्वोच्चमा रिट
कर्मचारीलाई शहरी विकास मन्त्रीको बिदाइ सम्बोधन– ‘म हारेँ, तपाईंहरूले जित्नुभयो, खुसी मनाउनुस्, भोज खानुस्’
आगामी तीन दिन भारी वर्षा र हुरीको सम्भावना, सचेत रहन आग्रह
पोखरा विमानस्थल अनियमिता प्रकरण : २१ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर, को को हुन् ?